कैलाली । अविरल वर्षाका कारण दार्चुलामा पहिरोले घर भत्काउँदा पुरिएर दुईजनाको मृत्यु भएको छ।
नौगाड गाउँपालिका-६ परिगाउँका हरजित सिंह ठकुन्नाकी श्रीमती ४२ वर्षीया मानमतीदेवि ठकुन्ना र छोरी ६ वर्षीया आरती ठकुन्नाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताए।
सिंहका अनुसार गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएसँगै उनीहरूलाई पुरेको थियो।
पहिरोले सोही ठाउँको आधारभूत माध्यमिक विद्यालयको सातकोठे र पाँचकोठे पक्की भवनसमेत बगाएको छ। भानसिंह ठकुन्ना र बिरभान ठकुन्नाको घर पनि पहिरोबाट क्षति पुगेको छ।
पहिरोका कारण केहि ठाउँमा सडक मार्ग अवरुद्ध भएको छ। साँफे-मार्तडी सडक अन्तर्गत बूढीगंगा नगरपालिका-२ चाप्रीसेरामा रहेको १६ मिटर लामो पक्की पुल घट्टेखोलाले बगाउँदा आवागमन अवरुद्ध भएको एसएसपी सिंहले बताए।
" /> कैलाली । अविरल वर्षाका कारण दार्चुलामा पहिरोले घर भत्काउँदा पुरिएर दुईजनाको मृत्यु भएको छ।नौगाड गाउँपालिका-६ परिगाउँका हरजित सिंह ठकुन्नाकी श्रीमती ४२ वर्षीया मानमतीदेवि ठकुन्ना र छोरी ६ वर्षीया आरती ठकुन्नाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताए।

">