कैलाली। धनगढी विमानस्थलमा प्रतिकूल मौसममा पनि उडान–अवतरण गर्न सकिने गरी उपकरण जडान भएको छ । जापानी सहयोग नियोग (जाईका)ले विमानस्थलमा भीओआर–डिएमई उपकरण जडान गरेको हो। जाईकाले उपकरण जडान गरेपनि परीक्षण भने हुन सकेको छैन।

प्रतिकूल मौसम भएका दिन उडान प्रभावित हुने समस्यालाई सामाधानका लागि उपकरण जडान गरिएको धनगढी विमानस्थलका कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताए। उनले कोरोना प्रभावपछि जारी लकडाउनकै कारणले गर्दा परीक्षण गर्न नसकिएको बताए।

उपकरण जडानपछि धनगढी विमानस्थलमा खराबम मौसम र रात्रीकालीन उडान तथा अवतरण समेत गर्न सकिनेछ। साथै स्तरवृद्धिको काम समेत अन्तिम चरणमा पुगेको धनगढी विमानस्थलका प्रमुख बुढथापाले बताए। उनले धावनमार्ग मर्मत सम्भार, पार्किङ क्षेत्र विस्तारसहित शुरू भएको विमानस्थल स्तरवृद्धिको काम अन्तिम चरणमा पुगेको भन्दै  पहिले रहेको ६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्गमा अहिले दुवैतर्फ २/२ मिटर फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको बताए।

तीन वटा विमान पार्किङ गर्ने क्षमता रहेको विमानस्थलमा अब ४ वटा विमान पार्किङ गर्न सकिनेछ। त्यस्तै एप्रोच लाइट र अन्य लाइट, सञ्चार उपकरण वृद्धि लगायतका सेवा र विस्तारको काम समेत भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

कोरोना भाइरसको महामारी रोकथामका लागि जारी लकडाउनले केही समय काम रोकिए पनि अहिले पुनः कामलाई गति दिइएको धनगढी विमानस्थलका कार्यालयका प्रमुख बुढथापाले बताए।

" /> कैलाली। धनगढी विमानस्थलमा प्रतिकूल मौसममा पनि उडान–अवतरण गर्न सकिने गरी उपकरण जडान भएको छ । जापानी सहयोग नियोग (जाईका)ले विमानस्थलमा भीओआर–डिएमई उपकरण जडान गरेको हो। जाईकाले उपकरण जडान गरेपनि परीक्षण भने हुन सकेको छैन।

प्रतिकूल मौसम भएका दिन उडान प्रभावित हुने समस्यालाई सामाधानका लागि उपकरण जडान गरिएको धनगढी विमानस्थलका कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताए। उनले कोरोना प्रभावपछि जारी लकडाउनकै कारणले गर्दा परीक्षण गर्न नसकिएको बताए।

उपकरण जडानपछि धनगढी विमानस्थलमा खराबम मौसम र रात्रीकालीन उडान तथा अवतरण समेत गर्न सकिनेछ। साथै स्तरवृद्धिको काम समेत अन्तिम चरणमा पुगेको धनगढी विमानस्थलका प्रमुख बुढथापाले बताए। उनले धावनमार्ग मर्मत सम्भार, पार्किङ क्षेत्र विस्तारसहित शुरू भएको विमानस्थल स्तरवृद्धिको काम अन्तिम चरणमा पुगेको भन्दै  पहिले रहेको ६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्गमा अहिले दुवैतर्फ २/२ मिटर फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको बताए।

तीन वटा विमान पार्किङ गर्ने क्षमता रहेको विमानस्थलमा अब ४ वटा विमान पार्किङ गर्न सकिनेछ। त्यस्तै एप्रोच लाइट र अन्य लाइट, सञ्चार उपकरण वृद्धि लगायतका सेवा र विस्तारको काम समेत भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

कोरोना भाइरसको महामारी रोकथामका लागि जारी लकडाउनले केही समय काम रोकिए पनि अहिले पुनः कामलाई गति दिइएको धनगढी विमानस्थलका कार्यालयका प्रमुख बुढथापाले बताए।

"> प्रतिकूल मौसममा पनि उडान–अवतरण गर्न सकिने गरी धनगढी विमानस्थलमा उपकरण जडान: Dekhapadhi
प्रतिकूल मौसममा पनि उडान–अवतरण गर्न सकिने गरी धनगढी विमानस्थलमा उपकरण जडान
कैलाली। धनगढी विमानस्थलमा प्रतिकूल मौसममा पनि उडान–अवतरण गर्न सकिने गरी उपकरण जडान भएको छ । जापानी सहयोग नियोग (जाईका)ले विमानस्थलमा भीओआर–डिएमई उपकरण जडान गरेको हो। जाईकाले उपकरण जडान गरेपनि परीक्षण भने हुन सकेको छैन।

प्रतिकूल मौसम भएका दिन उडान प्रभावित हुने समस्यालाई सामाधानका लागि उपकरण जडान गरिएको धनगढी विमानस्थलका कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताए। उनले कोरोना प्रभावपछि जारी लकडाउनकै कारणले गर्दा परीक्षण गर्न नसकिएको बताए।

उपकरण जडानपछि धनगढी विमानस्थलमा खराबम मौसम र रात्रीकालीन उडान तथा अवतरण समेत गर्न सकिनेछ। साथै स्तरवृद्धिको काम समेत अन्तिम चरणमा पुगेको धनगढी विमानस्थलका प्रमुख बुढथापाले बताए। उनले धावनमार्ग मर्मत सम्भार, पार्किङ क्षेत्र विस्तारसहित शुरू भएको विमानस्थल स्तरवृद्धिको काम अन्तिम चरणमा पुगेको भन्दै  पहिले रहेको ६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्गमा अहिले दुवैतर्फ २/२ मिटर फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको बताए।

तीन वटा विमान पार्किङ गर्ने क्षमता रहेको विमानस्थलमा अब ४ वटा विमान पार्किङ गर्न सकिनेछ। त्यस्तै एप्रोच लाइट र अन्य लाइट, सञ्चार उपकरण वृद्धि लगायतका सेवा र विस्तारको काम समेत भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

कोरोना भाइरसको महामारी रोकथामका लागि जारी लकडाउनले केही समय काम रोकिए पनि अहिले पुनः कामलाई गति दिइएको धनगढी विमानस्थलका कार्यालयका प्रमुख बुढथापाले बताए।

प्रतिक्रिया दिनुहोस्