काठमाडौं। पाकिस्तानमा पनि त्यहाँको सरकारले मोबाइल इन्टरनेट गेम पबजीमाथि प्रतिबन्ध लगाइएको छ। तर, पाकिस्तानमा यसको विरोध भइरहेको छ। टिकटकमाथि पनि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि उठ्न थालेको छ।
प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारमाथि पबजी प्रतिबन्ध गर्ने दबाब थियो। पबजीका कारण पाकिस्तानामा आत्महत्याका घटना बढेको समाचार सार्वजनिक भएका थिए।
बीबीसी संवाददाता शुमाइला जाफरीका अनुसार करीब दुई हप्ता पहिले लाहौरमा दुई बालकले आत्महत्या गरेका थिए। प्रहरीका अनुसार तिनका आमाबाबुले पबजी खेल्न नदिएपछि उनीहरूले आत्महत्या गरेका थिए। पबजीका कारण बच्चाहरू बिग्रिनुका साथै उनीहरूको समय बर्बाद भएको अधिकारीहरूले बताएका छन्।
दुई बालकले आत्महत्या गरेपछि सामाजिक सञ्जालमा यसबारे चर्को बहस भएको थियो। पाकिस्तानमा जब यसप्रकारको बहस हुन्छ तब त्यसको समाधानका रूपमा यस्ता गेम अथवा एप्स बन्द गर्ने गरिन्छ। पबजी बन्द भएपछि पाकिस्तानमा यसले राजनीतिक रूप लिन सक्ने बीबीसी हिन्दीले उल्लेख गरेको छ। यसअघि नेपालमा पनि पबजीमाथि प्रतिबन्ध लगाइएको थियो।
" /> काठमाडौं। पाकिस्तानमा पनि त्यहाँको सरकारले मोबाइल इन्टरनेट गेम पबजीमाथि प्रतिबन्ध लगाइएको छ। तर, पाकिस्तानमा यसको विरोध भइरहेको छ। टिकटकमाथि पनि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि उठ्न थालेको छ।प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारमाथि पबजी प्रतिबन्ध गर्ने दबाब थियो। पबजीका कारण पाकिस्तानामा आत्महत्याका घटना बढेको समाचार सार्वजनिक भएका थिए।

">