काठमाडौं। २०१६ को जुन महीनाको एक बिहान। पुरस्कार विजेतमा मलयालम लेखक बेन्यामिन केरलको पन्डालमस्थित आफ्नो घरमा पत्रिका परिढरहेका थिए। उनको ध्यान एउटा विशेष समाचारमा पर्‍यो, उनले स्वास रोके। दिल्ली अस्पतालका कतिपय वरिष्ठ चिकित्सक (सर्जन) अन्तर्राष्ट्रिय किड्नी र्‍याकेटमा सहभागी थिए। पुष्पावती सिङ्घानिया इन्स्टिच्युटका सीईओ डा. दीपक शुक्लासहित अन्य केही गिरफ्तार भएका थिए।
‘‘अङ्गदान एउटा महत्वपूर्ण र पुनित कार्य हो,’’ बेन्यामिनले भने, ‘‘कतिपय मानिसले यसबाट नयाँ जीवन पाउँछन्। मानव शरीरमा अत्यन्त महत्वपूर्ण अङ्गहरू हुन्छन्। मानव अङ्गको व्यापार नै हुन्छ भन्ने कुरा मलाई अनुमान गर्न पनि गाह्रो पर्‍यो।’’ यही विषयमा उपन्यास लेख्ने हुटहुटी उनमा पैदा भयो। उनले यसबारे शोध शुरू गरे। अढाइ वर्षमा उपन्यास तयार भयो। मलयालम भाषामा २०१७ मा ‘शरेरा शास्त्रम’ शीर्षकमा यो प्रकाशित भयो। त्यसको अंग्रेजी अनुवाद आएको छ- ‘बडी एण्ड ब्लड।’
कथा शुरू हुन्छ, मिधुन नामक चरित्रको दिल्लीमा मोटरसाइकल दुर्घटना हुन्छ। चोट सामान्य लाग्छ। तर, केही दिनपछि उसको स्वास्थ्य अवस्था निकै बिग्रँदै जान्छ र ऊ मर्छ। त्यसपछि उसको अङ्ग ६ जनालाई दान गरिन्छ। मिधुनका साथी रागेश, सन्ध्या र रितु हुन्छन्, ती एउटा बहुराष्ट्रिय कम्पनीमा काम गर्छन्। उनीहरू पादरी साम फिलिप्सद्वारा सञ्चालित क्रिस्चियन फेलोसिपमा आवद्ध छन्।
‘‘कथा के हो भने, पादरी कस्ताखालका मानिसलाई आफ्नो धर्ममा तान्छन् र मानव अङ्गको तस्करी गर्छन्,’’ बेन्यामिन भन्छन्, ‘‘दुर्घटनाको नाटक जानिबुझी गरिएको हुन्छ, ताकि मानिस घाइते होउन्। तिनलाई अस्पताल लगिन्छ, कोमामा पुर्‍याइन्छ अनि शरीरको महत्वपूर्ण अङ्ग निकालिन्छ।’’
तीनैजनालाई आशङ्का लाग्छ र घटनाबारे खोज गर्न थाल्छन्। उपन्यासको मध्यभागमा घटना खुबै रहस्यमय बन्छ। उपन्यासकी काकी जोवाना नामकी एक चरित्र सरल ढङ्गमा किड्नी र्‍याकेटबारे बताउँछिन्– ‘‘सबैका निम्ति पैसा महत्वपूर्ण छ। विश्वास वा श्रद्धा भन्ने कुरो आवरणमात्रै हो। दुःख केमा लागेको छ भने यस्तो र्‍याकेटमा मेरो जेभियर पनि फसेको छ।’’
उपन्यास पढ्दा निकै सहज र सरल लाग्छ। ब्रान्ड सल्लाहकार स्वरूप बीआरको अनुवाद निकै रूचिकर बन्न पुगेको छ। केही अध्याय दुई वा तीन पृष्ठका मात्रै छन्। कथा दिल्लीमा मात्रै सीमित छैन, गोवा, हिमाञ्चल प्रदेशको कसोल, भोपाल, चेन्नई र पुणेसम्म पुग्छ, जहाँ केही पात्रको गृहनगर छ।
जुन ढङ्गमा लेखक बेन्यामिनले मननीय पङ्क्तिहरू दिन्छन्, पाठक एकछिन टक्क अडिन्छन्। र, विचार गर्न थाल्छन्ः
रमाइलो कुरा त के छ भने, केही पाठकले बेन्यामिनलाई भने- यो पुस्तक फेब्रुअरी २० मा रिलिज भएको मलयालम सिनेमा ‘ट्रेन्स’का लागि एउटा प्रेरणाजस्तै भएको छ। सिनेमामा कलाकार फहाद फेसिलको भूमिका क्रिस्चियन पादरीको रहेको छ, जसको नाम जोसुवा काल्र्टन हो र उसले चमत्कार गर्छ। ‘‘केही दृश्य उपन्यासबाट सिधै तानिएको जस्तो लाग्छ,’’ बेन्यामिन भन्छन्, ‘‘तर, मानव अङ्ग तस्करीको कुरा छैन।’’
कोरोना भाइरसले मानिसहरूलाई आफ्नो घरमा थुनिदिएको छ। तर, बेन्यामिनलाई यसको चिन्ता छैन, महामारीबीच नै उनको उपन्यास आएको छ। ‘‘मलाई लाग्छ, घरमै बस्नुपरेका कारण मानिसहरू अहिले धेरै पढिरहेका छन्,’’ बेन्यामिन भन्छन्, ‘‘पाठकहरू डिजिटल भर्सनमा किताब खरिद गरिरहेका छन्, यो सहज पनि छ।’’
ठूल्ठूला आकारका उपन्यास पढ्ने धैर्य अब धूमिल भएको सत्यमा भने बेन्यामिन सहमत छन्। युवामा यस्तो धैर्य छैन। उनी भन्छन्, ‘‘अधिकांश युवा २५० पृष्ठभन्दा बढीका पुस्तक पढ्न रुचाउँदैनन्।’’ समय बदलिएको छ। बुकर पुरस्कार विजेता सलमान रुस्दीको उपन्यास पढको बेन्यामिन सम्झन्छन्। ‘‘रोचक घटना ५० पृष्ठपछि मात्रै शुरू हुन्छ,’’ उनी भन्छन्, ‘‘कथाभित्र प्रवेश गर्नुअघि उनी थुप्रै अन्य कुरा गर्छन्। मलाई लाग्छ, अब यस्ता लेखन स्वीकार हुन कठिन छ। पाठक चाहन्छन्, कथा चाँडो र तीव्र गतिमा अघि बढोस्। उनीहरू दृश्य मिडियाबाट निकै प्रभावित छन्।’’
बेन्यामिनले अघिल्लो उपन्यास ‘ज्यास्मिन डेज’का लागि २०१८ मा जेसीबी इनअगुरल पुरस्कार पाएका थिए। उनी भन्छन्, ‘‘साहित्यमा चालबाजी (बनावटी र बढाइचढाइ गर्ने) युग समाप्त भइसकेको छ। लेखकले पाँचौं पृष्ठभित्रै पाठकलाई आकर्षित गरिसक्नुपर्छ। अन्यथा हामीले पाठकलाई सधैंका निम्ति गुमाउने छौं।’’
आफ्नो गद्यकारितामा अधिक मेहनत गर्नकै लागि बेन्यामिन पूर्णकालीन लेखक बनेका छन्। २० वर्ष बहराइनमा काम गरेका उनी लेख्नकै लागि २०१४ मा स्वदेश (गृहनगर) फर्किए। अहिले उनी बाँचिरहेको समय र अवस्थाबारे उनी भन्छन्, ‘‘पहिलो त, पूर्णकालीन लेखक बन्न पाउनु निकै सुखद कुरा हो। दोस्रो कुरा, म कसैका लागि पनि काम गरिरहेका छैन, त्यसैले यात्रा मेरा निम्ति निकै आनन्ददायी हुन्छ। म केरलाका साथै अन्यत्र हुने साहित्यिक कार्यक्रमहरूमा पनि मज्जाले सहभागी हुन पाउँछु।’’
गत वर्ष उनले बर्लिन अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा भाग लिए। ‘‘यति धेरै साहित्यिक कार्यक्रम हुन्छन् कि, आउँदिनँ वा भ्याउँदिनँ भन्नै गाह्रो पर्छ,’’ उनी भन्छन्, ‘‘तर लेखक सधैं आफ्नो लेखनमै केन्द्रित हुनुपर्छ।’’ चकित पार्ने कुरा त के छ भने, उनको आगामी उपन्यास यात्रामै आधारित छ। ‘‘म त्यसका निम्ति सामग्री सङ्कलन गर्दैछु,’’ बेन्यामिनले भने।
वैदेशिक रोजगारीबारे बेन्यामिनको उपन्यास ‘गोटडेज’ निकै चर्चित छ। यो उपन्यास नेपालीलगायत संसारका थुप्रै भाषामा अनुवाद भएका छन्। (स्क्रोलडटइन)
" /> काठमाडौं। २०१६ को जुन महीनाको एक बिहान। पुरस्कार विजेतमा मलयालम लेखक बेन्यामिन केरलको पन्डालमस्थित आफ्नो घरमा पत्रिका परिढरहेका थिए। उनको ध्यान एउटा विशेष समाचारमा पर्‍यो, उनले स्वास रोके। दिल्ली अस्पतालका कतिपय वरिष्ठ चिकित्सक (सर्जन) अन्तर्राष्ट्रिय किड्नी र्‍याकेटमा सहभागी थिए। पुष्पावती सिङ्घानिया इन्स्टिच्युटका सीईओ डा. दीपक शुक्लासहित अन्य केही गिरफ्तार भएका थिए।
‘‘अङ्गदान एउटा महत्वपूर्ण र पुनित कार्य हो,’’ बेन्यामिनले भने, ‘‘कतिपय मानिसले यसबाट नयाँ जीवन पाउँछन्। मानव शरीरमा अत्यन्त महत्वपूर्ण अङ्गहरू हुन्छन्। मानव अङ्गको व्यापार नै हुन्छ भन्ने कुरा मलाई अनुमान गर्न पनि गाह्रो पर्‍यो।’’ यही विषयमा उपन्यास लेख्ने हुटहुटी उनमा पैदा भयो। उनले यसबारे शोध शुरू गरे। अढाइ वर्षमा उपन्यास तयार भयो। मलयालम भाषामा २०१७ मा ‘शरेरा शास्त्रम’ शीर्षकमा यो प्रकाशित भयो। त्यसको अंग्रेजी अनुवाद आएको छ- ‘बडी एण्ड ब्लड।’
कथा शुरू हुन्छ, मिधुन नामक चरित्रको दिल्लीमा मोटरसाइकल दुर्घटना हुन्छ। चोट सामान्य लाग्छ। तर, केही दिनपछि उसको स्वास्थ्य अवस्था निकै बिग्रँदै जान्छ र ऊ मर्छ। त्यसपछि उसको अङ्ग ६ जनालाई दान गरिन्छ। मिधुनका साथी रागेश, सन्ध्या र रितु हुन्छन्, ती एउटा बहुराष्ट्रिय कम्पनीमा काम गर्छन्। उनीहरू पादरी साम फिलिप्सद्वारा सञ्चालित क्रिस्चियन फेलोसिपमा आवद्ध छन्।
‘‘कथा के हो भने, पादरी कस्ताखालका मानिसलाई आफ्नो धर्ममा तान्छन् र मानव अङ्गको तस्करी गर्छन्,’’ बेन्यामिन भन्छन्, ‘‘दुर्घटनाको नाटक जानिबुझी गरिएको हुन्छ, ताकि मानिस घाइते होउन्। तिनलाई अस्पताल लगिन्छ, कोमामा पुर्‍याइन्छ अनि शरीरको महत्वपूर्ण अङ्ग निकालिन्छ।’’
तीनैजनालाई आशङ्का लाग्छ र घटनाबारे खोज गर्न थाल्छन्। उपन्यासको मध्यभागमा घटना खुबै रहस्यमय बन्छ। उपन्यासकी काकी जोवाना नामकी एक चरित्र सरल ढङ्गमा किड्नी र्‍याकेटबारे बताउँछिन्– ‘‘सबैका निम्ति पैसा महत्वपूर्ण छ। विश्वास वा श्रद्धा भन्ने कुरो आवरणमात्रै हो। दुःख केमा लागेको छ भने यस्तो र्‍याकेटमा मेरो जेभियर पनि फसेको छ।’’
उपन्यास पढ्दा निकै सहज र सरल लाग्छ। ब्रान्ड सल्लाहकार स्वरूप बीआरको अनुवाद निकै रूचिकर बन्न पुगेको छ। केही अध्याय दुई वा तीन पृष्ठका मात्रै छन्। कथा दिल्लीमा मात्रै सीमित छैन, गोवा, हिमाञ्चल प्रदेशको कसोल, भोपाल, चेन्नई र पुणेसम्म पुग्छ, जहाँ केही पात्रको गृहनगर छ।
जुन ढङ्गमा लेखक बेन्यामिनले मननीय पङ्क्तिहरू दिन्छन्, पाठक एकछिन टक्क अडिन्छन्। र, विचार गर्न थाल्छन्ः
जीवन सपना र भाग्यबीचको फुटबल खेल हो।
म को हुँ ? म किन यहाँ छु ? म कस्तो छु ? मानिसले यी प्रश्न आफूलाई र ईश्वरलाई कहिलेदेखि सोधिरहेका छन् ? अचम्म त के छ भने, हरेक पुस्ता एउटैखालका प्रश्न सोधिरहेका छन्। यो समय ईश्वरले आफ्नो मौन तोड्नुपर्छ।
यो समय टेलि–इभान्जलिस्ट (इसाइ मत प्रचारक)को,  जो आफ्नै जहाजमा संसारभर यात्रा गर्छन्। टेलिभिजनमा करोडौं खर्च गरेर अन्तर्वार्ता गराउँछन्। नाजरेथका गरीब सिकर्मीको यहाँ के काम ?
हरेक प्रश्नका दुईवटा जवाफ हुन्छन्। एक, सही र नम्र। कुन उत्तर आफूलाई आवश्यक छ भन्ने कुरा प्रश्न सोध्नेले तय गर्नुपर्छ।
शक्तिशाली मानिसको रहस्य जान्नुको कुनै अर्थ छैन। यदि हामी उसको रहस्य बुझ्ने कोसिस गर्छौं भने, त्यो व्यर्थको हुने छ, किनकि ऊ सधैंका निम्ति एक रहस्य नै हुने गर्छ।
रमाइलो कुरा त के छ भने, केही पाठकले बेन्यामिनलाई भने- यो पुस्तक फेब्रुअरी २० मा रिलिज भएको मलयालम सिनेमा ‘ट्रेन्स’का लागि एउटा प्रेरणाजस्तै भएको छ। सिनेमामा कलाकार फहाद फेसिलको भूमिका क्रिस्चियन पादरीको रहेको छ, जसको नाम जोसुवा काल्र्टन हो र उसले चमत्कार गर्छ। ‘‘केही दृश्य उपन्यासबाट सिधै तानिएको जस्तो लाग्छ,’’ बेन्यामिन भन्छन्, ‘‘तर, मानव अङ्ग तस्करीको कुरा छैन।’’
कोरोना भाइरसले मानिसहरूलाई आफ्नो घरमा थुनिदिएको छ। तर, बेन्यामिनलाई यसको चिन्ता छैन, महामारीबीच नै उनको उपन्यास आएको छ। ‘‘मलाई लाग्छ, घरमै बस्नुपरेका कारण मानिसहरू अहिले धेरै पढिरहेका छन्,’’ बेन्यामिन भन्छन्, ‘‘पाठकहरू डिजिटल भर्सनमा किताब खरिद गरिरहेका छन्, यो सहज पनि छ।’’
ठूल्ठूला आकारका उपन्यास पढ्ने धैर्य अब धूमिल भएको सत्यमा भने बेन्यामिन सहमत छन्। युवामा यस्तो धैर्य छैन। उनी भन्छन्, ‘‘अधिकांश युवा २५० पृष्ठभन्दा बढीका पुस्तक पढ्न रुचाउँदैनन्।’’ समय बदलिएको छ। बुकर पुरस्कार विजेता सलमान रुस्दीको उपन्यास पढको बेन्यामिन सम्झन्छन्। ‘‘रोचक घटना ५० पृष्ठपछि मात्रै शुरू हुन्छ,’’ उनी भन्छन्, ‘‘कथाभित्र प्रवेश गर्नुअघि उनी थुप्रै अन्य कुरा गर्छन्। मलाई लाग्छ, अब यस्ता लेखन स्वीकार हुन कठिन छ। पाठक चाहन्छन्, कथा चाँडो र तीव्र गतिमा अघि बढोस्। उनीहरू दृश्य मिडियाबाट निकै प्रभावित छन्।’’
बेन्यामिनले अघिल्लो उपन्यास ‘ज्यास्मिन डेज’का लागि २०१८ मा जेसीबी इनअगुरल पुरस्कार पाएका थिए। उनी भन्छन्, ‘‘साहित्यमा चालबाजी (बनावटी र बढाइचढाइ गर्ने) युग समाप्त भइसकेको छ। लेखकले पाँचौं पृष्ठभित्रै पाठकलाई आकर्षित गरिसक्नुपर्छ। अन्यथा हामीले पाठकलाई सधैंका निम्ति गुमाउने छौं।’’
आफ्नो गद्यकारितामा अधिक मेहनत गर्नकै लागि बेन्यामिन पूर्णकालीन लेखक बनेका छन्। २० वर्ष बहराइनमा काम गरेका उनी लेख्नकै लागि २०१४ मा स्वदेश (गृहनगर) फर्किए। अहिले उनी बाँचिरहेको समय र अवस्थाबारे उनी भन्छन्, ‘‘पहिलो त, पूर्णकालीन लेखक बन्न पाउनु निकै सुखद कुरा हो। दोस्रो कुरा, म कसैका लागि पनि काम गरिरहेका छैन, त्यसैले यात्रा मेरा निम्ति निकै आनन्ददायी हुन्छ। म केरलाका साथै अन्यत्र हुने साहित्यिक कार्यक्रमहरूमा पनि मज्जाले सहभागी हुन पाउँछु।’’
गत वर्ष उनले बर्लिन अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा भाग लिए। ‘‘यति धेरै साहित्यिक कार्यक्रम हुन्छन् कि, आउँदिनँ वा भ्याउँदिनँ भन्नै गाह्रो पर्छ,’’ उनी भन्छन्, ‘‘तर लेखक सधैं आफ्नो लेखनमै केन्द्रित हुनुपर्छ।’’ चकित पार्ने कुरा त के छ भने, उनको आगामी उपन्यास यात्रामै आधारित छ। ‘‘म त्यसका निम्ति सामग्री सङ्कलन गर्दैछु,’’ बेन्यामिनले भने।
वैदेशिक रोजगारीबारे बेन्यामिनको उपन्यास ‘गोटडेज’ निकै चर्चित छ। यो उपन्यास नेपालीलगायत संसारका थुप्रै भाषामा अनुवाद भएका छन्। (स्क्रोलडटइन)
प्रतिक्रिया दिनुहोस्