काठमाडाैं। मेलम्ची खानेपानी आयोजनाले सुरुङ र अस्थायी बाँधको निर्माण कार्य परीक्षणका क्रममा भएको दुघर्टनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ।
आयोजनाले गत असार ३० गते मध्याह्नमा १७ नम्बर गेट खुल्दा प्रवाह भएको पानीले आयोजनाका निर्माण व्यवसायी सिनो हाइड्रो कर्पोरेशनमा कार्यरत इञ्जिनियर सतीसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरलाई बगाई मेलम्ची नदीमा बेपत्ता भएकाे जनाएको छ ।
खोज तथा उद्धारका क्रममा इञ्जिनियर गोइतको शव प्राप्त भए तापनि चालक थापामगर अझैसम्म बेपत्ता छन्।
सुरक्षाका सबै उपायको अवलम्बन गर्दागर्दै हुन गएको दुर्घटनामा मानवीय क्षति भएकामा मेलम्ची खानेपानी आयोजना स्तब्ध भएको जनाएको छ।
बेपत्ता सवारी चालक थापामगरको खोजी कार्य सुरक्षा निकाय र परिवारका सदस्यद्वारा जारी राखिएको छ।
आयोजनाले मानवीय हताहतिको यस दुःखद् घटनालाई गम्भीररूपमा लिएको छ।
आयोजनाले मृतक तथा बेपत्ताका हकवालाले पाउने बीमालगायतका सुविधाका लागि आयोजनाले प्रक्रिया अघि बढाउन निर्माण व्यवसायीलाई निर्देशन गरिसकेको जनाएको छ। रासस
" /> काठमाडाैं। मेलम्ची खानेपानी आयोजनाले सुरुङ र अस्थायी बाँधको निर्माण कार्य परीक्षणका क्रममा भएको दुघर्टनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ।आयोजनाले गत असार ३० गते मध्याह्नमा १७ नम्बर गेट खुल्दा प्रवाह भएको पानीले आयोजनाका निर्माण व्यवसायी सिनो हाइड्रो कर्पोरेशनमा कार्यरत इञ्जिनियर सतीसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरलाई बगाई मेलम्ची नदीमा बेपत्ता भएकाे जनाएको छ ।

">