काठमाडौं। मोबाइल तथा विभिन्न सुन र चाँदीका गरगहना लगायतका सामाग्री चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उर्लाबारी नगरपालिका-३, मंगलबारे टोल बस्ने अम्बिकाप्रसाद रिजालको घरबाट चोरी गरेको घटनामा संलग्न रहेको भन्दै दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-३, सालबारी बस्ने सुनिल उराउ र उनकै बुबा मुगु उराउ रहेका छन्।
बिहीबार राति रिजालको घरबाट मोबाइललगायत विभिन्न सुन तथा चाँदीका गरगहना चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले चोरीमा संलग्न सुनिल उराउलाई पक्राउ गरेकाे थियाे।
उनको घर तलासी गर्दा चोरी भएका सामानहरूमध्ये मोबाइल दुई थान, चाँदीको पाउजु एक जोर फेला परेकाे प्रहरीकाे भनाइ छ।
घटनामा थप अनुसन्धान गर्ने क्रममा सुनिलकै बाबु समेतको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।
साथै उक्त घटनमा संलग्न रही फरार रहेका उर्लाबारी नगरपालिका-३, सनिबारे हटिया लाइन बस्ने २१ वर्षीय वाँया चौधरीको खोजी भइरहेको छ।
" /> काठमाडौं। मोबाइल तथा विभिन्न सुन र चाँदीका गरगहना लगायतका सामाग्री चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उर्लाबारी नगरपालिका-३, मंगलबारे टोल बस्ने अम्बिकाप्रसाद रिजालको घरबाट चोरी गरेको घटनामा संलग्न रहेको भन्दै दुईजनालाई पक्राउ गरेको हो।

">