काठमाडौं। काठमाडौंको खरिबोट क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-३१, ठूलो खरिबोटस्थित ड्युटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा सोही ठाउँ बस्ने १९ वर्षीय कुमार रोक्कालगायत दुईजनालाई गयराति प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा मादक पादार्थ सेवन गरी हो-हल्ला गर्दै मानिसहरू हिँडेको भन्ने खबर प्राप्त हुनासाथ देउराली बिटबाट खटिएको प्रहरीले सम्झाइबुझाइ गर्दा उनीहरूले प्रहरी टोली माथिनै गालीगलौज गरी हातपात गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका एकजना प्रहरी कर्मचारीको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। काठमाडौंको खरिबोट क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका-३१, ठूलो खरिबोटस्थित ड्युटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा सोही ठाउँ बस्ने १९ वर्षीय कुमार रोक्कालगायत दुईजनालाई गयराति प्रहरीले पक्राउ गरेको हो।

">