काठमाडौं। कुटपिट गरेर एक युवकको हत्या गरेको आराेपमा स्याङ्जा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
चापाकोट नगरपालिका-३, कमेरे बस्ने ४५ वर्षीय कूलबहादुर सार्कीलाई कुटपिट गरी हत्या गरेको आराेपमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्नेका २१ वर्षीय अन्तिल ज्ञामी र पूर्णबहादुर खड्का रहेका छन्।
प्रहरी अनुसन्धानका अनुसार उनीहरूले सार्कीलाई कुटपिट गरी सोही ठाउँ बस्ने चन्द्रबहादुर सोतीको खाली घरमा लगी छाडेका थिए।
शनिबार स्थानीयवासीले मृत अवस्थामा फेला पारेपछि प्रहरीको टोली पुगेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
" /> काठमाडौं। कुटपिट गरेर एक युवकको हत्या गरेको आराेपमा स्याङ्जा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।चापाकोट नगरपालिका-३, कमेरे बस्ने ४५ वर्षीय कूलबहादुर सार्कीलाई कुटपिट गरी हत्या गरेको आराेपमा उनीहरूलाई पक्राउ गरेको हो।

">