काठमाडौं। गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ।
आज एक कार्यक्रमका बीच गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्घाटन गरेका हुन्।
पोखरा महानगरपालिका-७, मुस्ताङ चोकमा निर्माण गरिएको भवनको उद्घाटन गरिएको हो।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अर्यालले प्रदेश अस्पतालबाट दिइने सेवासुविधालाई थप विशिष्टिकृत गरी आगामी दिनहरूमा साधन सम्पन्न अस्पताल निर्माण गर्नका लागि बजेट व्यवस्थापन लगायतका विषयमा पहल गरिने बताए।
अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरू स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास उनले व्यक्त गरे।
प्रहरी निरीक्षक निरन्जनकुमार सिंहले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। उद्घाटन कार्यक्रममा भवन निर्माणमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ।
नेपाल प्रहरी कल्याण कोषको २८ लाख २३ हजार रूपैयाँ लागतमा अस्पतालको भवन निर्माण गरिएको हो।
" /> काठमाडौं। गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ।आज एक कार्यक्रमका बीच गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्घाटन गरेका हुन्।

">