काठमाडौं। आफ्नै भान्जाको अपहरण गरी हत्या गरेको अभियोग लागेका एक व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन्।
भारत मुजफ्फापुर, नगरथाना आखाडाघाटका ४५ वर्षीय राजेशकुमार गुप्तालाई महानगरीय अपराध महाशाखाको टोलीले साउन ३ गते सर्लाहीस्थित मलंगवा-८, गोरखकालीबाट पक्राउ गरेको हो।
उनी १३ वर्षदेखि फरार थिए। उनीमाथि आफ्नै भान्जा ११ वर्षीय रोहित गुप्ताको अपहरण गरी हत्या गरेको अभियोग छ।
सोही हत्याको अभियोग लागेका धादिङका विष्णु सुनारलाई २०६४ मंसिर १२ गते प्रहरीले पक्राउ गरेको थियो । अहिले उनी कारागारमा छन्।
यसरी भएको थियो घटना
२०६४ असोज २४ गते बेलुका ५ बजे।
काठमाडौं-२२, खिँचापोखरी बस्ने ११ वर्षीय रोहित घरबाट बाहिर निस्केका थिए। उनीहरूको स्थायी घर भने भारत विहार राज्य सीतामणि जिल्ला मुझफरपुर हो।
त्यही बेलुका साढे ८ बजेतिर अपरिचित व्यक्तिले फोन गरी रोहितका बुबा वासुदेवसँग छोरा अपहरण परेकाले दुई लाख ५० हजार फिरौती रकम माग गरे।
ती व्यक्तिले वासुदेवलाई रकम दिएमा मात्रै छोरा फर्काउने भन्दै धम्की दिए।
रोहितको ज्यान बचाउन वासुदेवले फिरौती रकम दिए। तर, रोहित भने अपहरणमुक्त भएनन्।
खोजतलासका क्रममा असोज २७ गते बेलुका सवा ८ बजे काठमाडौं–३२, कमलादीस्थित गणेशमन्दिर नजिक सडक पेटीमा प्लाष्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा रोहितको शव फेला पर्यो।
रोहितका मामा राजेशकुमार गुप्ता काठमाडौं खिँचापोखरीमा कोठा भाडामा लिई बसेका थिए।
उनकै पसलमा काम गर्ने धादिङका विष्णु सुनारसमेतको संलग्नतामा जादू सिकाउने बहानामा रोहितलाई बोलाए।
त्यसपछि गोप्य कोठामा लगेर दुवै हात पछाडि लगी नाइलनको डोरीले घाँटीमा बाँधेर कसे।
त्यसक्रममा रोहित चिच्याउन लाग्दा राजेशले रुमालले मुख थुनेका थिए। त्यसपछि घुँडासमेतले थिचेर हत्या गरेको प्रहरीको भनाइ छ।
घटनापछि उनीहरूले रोहितका बुबासँग फिरौती बापत्काे रकम माग गरे।
राजेशले नै फिरौती रकम लगेर थानकोटस्थित त्रिभुवन पार्क लगेर गएका थिए।
राजेशले अपरिचित व्यक्तिहरू आएर रकम लगेको भन्ने बहाना बनाए।
बालकको हत्यापछि शवलाई बोरामा राखेर भरियालाई व्यापारको खुद्रा सामान हो भन्दै कमलादीस्थित गणेशस्थान नजिक सडकमा फ्याँकेका थिए।
त्यसपछि रोहितका बुबा वासुदेवलाई समेत झुक्याई राजेशले उनीहरुसँगै बसेर केही समय खोजतलास गरेको बहाना बनाएका थिए।
त्यसपछि राजेश फरार रहँदै आएका थिए।
महाशाखाका अनुसार राजेश यसअघि पनि पटक-पटक नेपाल आउने गरेका थिए।
महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले पक्राउ परेका राजेशलाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बताएका छन्।
" /> काठमाडौं। आफ्नै भान्जाको अपहरण गरी हत्या गरेको अभियोग लागेका एक व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन्।भारत मुजफ्फापुर, नगरथाना आखाडाघाटका ४५ वर्षीय राजेशकुमार गुप्तालाई महानगरीय अपराध महाशाखाको टोलीले साउन ३ गते सर्लाहीस्थित मलंगवा-८, गोरखकालीबाट पक्राउ गरेको हो।

">