काठमाडौं। कोरोना संक्रमित अमिताम बच्चनसहित उनका परिवारको चार सदस्यको उपचार जारी छ।
मुम्बईस्थित नानावती अस्पतालको आइसोलेसन वार्डमा उनीहरूको उपचार भइरहेको छ। छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आरध्यासहित चारै जनाको अवस्था सामान्य रहेको महाराष्ट्रको राज्यको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइसोलेसन वार्डबाटै अमिताभले परिवारका चारैजनाको तस्वीर सेयर गरेका छन्। जसमा उनले लेखेका छन्, 'हामी तपाईंहरूले देखाउनुभएको माया प्रेमलाई हेरिररहेका छौं। तपाईहरूले गर्नुभएको प्रार्थना सुनिरहेका छौं। तपाईहरूले देखाउनुभएको सहानुभूतिका लागि हामी हात जोडेर धन्यवाद दिन चाहन्छौं।'
परिवारका सबै सदस्यको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। ७७ वर्षका अमिताभ र ४४ वर्षीय अभिषेक ९ दिनदेखि अस्पतालमा उपचाररत छन्। भने ४६ वर्षकी ऐश्वर्या र ८ वर्षकी आराध्यलाई शुक्रबार (१७ जुलाई) मा अस्पताल भर्ना गरिएको थियो।
अमिताभ र अभिषेकलाई नर्मल वार्डमा सार्ने तयारी भईरहेको न्यूज एजेन्सी पीटीआईले उल्लेख गरेको छ। अबको एक हप्तामा परिवारका सर्बै सदस्यलाई डिस्चार्ज गर्ने तयारी छ। घरमै आइसोलेसनमा बस्दै आएकी ऐश्वर्यालाई रुघाखोकी लागेपछि अस्पताल लगिएको थियो।
" /> काठमाडौं। कोरोना संक्रमित अमिताम बच्चनसहित उनका परिवारको चार सदस्यको उपचार जारी छ।मुम्बईस्थित नानावती अस्पतालको आइसोलेसन वार्डमा उनीहरूको उपचार भइरहेको छ। छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आरध्यासहित चारै जनाको अवस्था सामान्य रहेको महाराष्ट्रको राज्यको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

">