गोरखा। गएराति खसेको पहिराका कारण गोरखा-आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। गोरखा नगरपालिका-१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले बताए।
“सडकदेखि करीब ७०/८० मिटर माथिदेखि पहिरो खसेको छ”, उनले भने, “पहिरोले सडक पुरिएकाले पूर्ण रूपमा आवातजावत रोकिएको छ।”
अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने काम शुरू भइसकेको ढकालले जानकारी दिए। केही दिनदेखि लगातार परेको ठूलो वर्षाका कारण नजिकै रहेको इँटाभट्टा छेवैमा रहेको खोल्सीबाट पहिरो सडकमा खसेको हो।े
आँबुखैरनीतर्फबाट सडक डिभिजन कार्यालयको मेसिनले पहिरो पन्साउन थालिएको छ। ठूलो पहिरो खसेको र पूरा सडक ढाकेकोले तीन/चार घण्टा लाग्ने ट्राफिक प्रहरीले बताएको छ। रासस