काठमाडौं। हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ ले आफ्नो जन्मदिन मनाउँदा लाग्ने खर्च विदेशबाट फर्किनेलाई सहयोग गर्ने भएका छन्।
आज परेको जन्मदिनको अवसरमा उनले दुबईबाट फर्किन लागेकी एक महिलाको हवाई भाडा तिरिदिने घोषणा गरेका हुन्।
जन्मदिनको अवसरमा खुशियाली मनाउनुको सट्टा दुःखमा रहेकाहरूलाई सहयोग गर्न लागेको उनले बताएका छन्।
“संसार कोरोनाको कहरबाट गुज्रिरहेको बेला सम्पूर्ण मानव जगत नै अत्यन्तै कष्टकर समयबाट बितिरहेको छ।” जिग्रीले सामाजिक सञ्जालमा लेखेका छन्।
झापा घर भएकी एक महिला दलालमार्फत भारतको बाटो हुँदै दुबई पुगेर अलपत्र परेकी छिन्। कु्मारले ती महिलालाई नेपाल ल्याउन आवश्यक पर्ने हवाई टिकट आफूले व्यहोर्ने बताएका हुन्।
यस्तो महामारीका बेला विदेशमा अलपत्र परेका नेपालीहरूको उद्दारमा सहयोग गर्न उनले सबैमा आव्हान गरेका छन्।
दलालमार्फत भारतीय बाटो हुँदै दुबई पुगेकी ती महिला गैरकानूनी रूपमा बस्दै आएकी र लकडाउनका कारण समस्यामा परेकी थिइन्।
गायक प्रकाश पौडेल लगायतको सम्पर्कमा रहेकी ती महिलालाई नेपाल पठाउनका लागि आवश्यक प्रक्रिया गरिदैं आएको जिग्रीले बताए।
“समस्यामा परेको भन्ने थाहा पाएपछि मैले नेपाल ल्याउन हवाई टिकट तिर्ने निर्णयमा पुगेको हुँ।” जिग्रीले भने।
हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ का सहोदर भाइसमेत रहेका जिग्रीले कलाकारितासँगै सामाजिक कार्यमा समेत काम गर्दै आएका छन्।
" /> काठमाडौं। हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ ले आफ्नो जन्मदिन मनाउँदा लाग्ने खर्च विदेशबाट फर्किनेलाई सहयोग गर्ने भएका छन्।आज परेको जन्मदिनको अवसरमा उनले दुबईबाट फर्किन लागेकी एक महिलाको हवाई भाडा तिरिदिने घोषणा गरेका हुन्।

">