प्युठान। प्युठानको धरमपानीमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको सनाखत भएको छ। सो दुर्घटनामा एकैगाउँका ६ जनासमेत ७ जनाको मृत्यु भएको छ।
रोल्पावाट मजदुर लिएर प्युठानतर्फ जाँदै गरेको लु. २ त ४२३४ नम्बरको को टयाक्टर स्वर्गद्धारी नगरपालीका-३ रुमालेको भीरवाट खस्दा रोल्पा रुन्टीगढी गाउँपालीका ५ बाइजाका एकै गाउँका ६ जना र त्रिवेणी गाउँपालिका- २ वाकुलका टयाक्टर चालकको मृत्यु भएको घटनास्थलमा रहेका रुन्टीगढी-५ का वडाध्यक्ष यामबहादुर दशौदीले जानकारी दिए।
मृत्यु हुनेहरुमा रुन्टीगढी ५ बाइजाका सागर वस्नेत, रिमबहादुर वस्नेत,कविराम वस्नेत, थम्मन बाठा, विरेन्द्र बाठा र गोवर्धन बुढा छन्।
त्यस्तै टयाक्टर चालक त्रिवेणी-२ बाकुलका कमल कुँवरको पनि मृत्यु भएको छ। राति करिब ११ वजे ट्याक्टर दुर्घटना भएको र एकजना भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट शव जम्मा गरी अहिले पोस्टमार्टमका लागि लगिसकिएको छ।
" /> प्युठान। प्युठानको धरमपानीमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको सनाखत भएको छ। सो दुर्घटनामा एकैगाउँका ६ जनासमेत ७ जनाको मृत्यु भएको छ।रोल्पावाट मजदुर लिएर प्युठानतर्फ जाँदै गरेको लु. २ त ४२३४ नम्बरको को टयाक्टर स्वर्गद्धारी नगरपालीका-३ रुमालेको भीरवाट खस्दा रोल्पा रुन्टीगढी गाउँपालीका ५ बाइजाका एकै गाउँका ६ जना र त्रिवेणी गाउँपालिका- २ वाकुलका टयाक्टर चालकको मृत्यु भएको घटनास्थलमा रहेका रुन्टीगढी-५ का वडाध्यक्ष यामबहादुर दशौदीले जानकारी दिए।

">