काठमाडौं। कोभिड-१९ का कारण यो साता विदेशमा रहेका थप १६ जना नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा आठजना, कुवेतमा तीनजना, युएईमा पाँचजनाको निधन मृत्यु भएको हो।
कतारमा निधन भएका आठजनामध्ये दुईजनाको निधन हुनुभन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको छ।
संघकझ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार हिजो साँझसम्म विदेशमा मात्र १४ देशमा १६० नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।
समितिका अनुसार २० देशमा रहेका नेपालीहरू पूर्ण रुपमा कोरोना मुक्त भएका छन्। संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरू कोरोना संक्रमणबाट मुक्त भएका छन्। अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।
समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन।
विदेशमा ३० हजार ५७१ जना मध्ये २८ हजार ६८१ नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ।
स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार भारत, साउदी, युएई र कुवेतमा मात्र ९५० नेपालीहरुमा यो साता कोरोना संक्रमण पुष्टि भएको छ।
संघका अनुसार कोभिड-१९ का कारण नेपालका ४० जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २०० जना पुगेको छ।
" /> काठमाडौं। कोभिड-१९ का कारण यो साता विदेशमा रहेका थप १६ जना नेपालीको मृत्यु भएको छ।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा आठजना, कुवेतमा तीनजना, युएईमा पाँचजनाको निधन मृत्यु भएको हो।

">