काठमाडौं। प्रहरीले नक्कली नेपाली र भारतीय नोटसहित तीन जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले बाराबाट एक जना भारतीयसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला, मजौर पञ्चायत जमुनियाका २५ वर्षीय सुधिरकुमार कुशहवा, बाराको सिम्रनगढ नगरपालिका-४ का २६ वर्षीय मनोज साह र बाराकै आदर्श कोटवाल गाउँपालिका-६, पटेर्वाका ३० वर्षीय नरेन्द्रप्रसाद कुशहवा छन्।

हिजो बाराको महागढीमाई नगरपालिका-२ बरियापुरस्थित् सडक किनारमा ना ५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित फेला पारी नियन्त्रणमा लिइ खानतलासी गर्ने क्रममा नक्कली नेपाली नोट एक हजार दरको एक हजार ४७० वटा, एक दरको ७४४ गरी १५ लाख ४४ हजार ४०० बरामद गरिएको ब्यूरो प्रमुख एसएसपी दिलिपकुमार चौधरीले बताए।
यस्तै, भारतीय नक्कली रूपैयाँ ५०० दरको २९७ वटा र ५० दरको ७०३ वटा गरी जम्मा भारतीय रूपैयाँ एक लाख ८३ हजार ६५० बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद नक्कली नोट र मोटरसाइकलसहित पक्राउ परेका तीन जनालाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाइएको ब्यूरोले जनाएको छ।
" /> काठमाडौं। प्रहरीले नक्कली नेपाली र भारतीय नोटसहित तीन जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले बाराबाट एक जना भारतीयसहित तीन जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला, मजौर पञ्चायत जमुनियाका २५ वर्षीय सुधिरकुमार कुशहवा, बाराको सिम्रनगढ नगरपालिका-४ का २६ वर्षीय मनोज साह र बाराकै आदर्श कोटवाल गाउँपालिका-६, पटेर्वाका ३० वर्षीय नरेन्द्रप्रसाद कुशहवा छन्।

">