काठमाडौं। कोभिड-१९ महामारीका कारण साउदी अरबबाट पछिल्लो समय ८६१ नेपाली स्वदेश फर्किएका छन्।
रियादस्थित नेपाली राजदूतावासका अनुसार नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका ५ वटा उडानहरूबाट १६-१७ जुलाईमा उनीहरूलाई उद्धार गरिएको हो।
रियाद र दम्माम शहरबाट उद्धार गरिएका उनीहरूमध्ये ती दुई शहरका घरफिर्ति केन्द्रहरूमा रहेका २१ जना नेपालीसमेत छन्। राजदूतावासका अनुसार यी उडानमार्फत ४ शव पनि नेपाल ल्याइएको छ।
कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीहरूलाई प्राथमिकताको आधारमा नेपाल ल्याउने क्रम जारी छ।
" /> काठमाडौं। कोभिड-१९ महामारीका कारण साउदी अरबबाट पछिल्लो समय ८६१ नेपाली स्वदेश फर्किएका छन्।रियादस्थित नेपाली राजदूतावासका अनुसार नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका ५ वटा उडानहरूबाट १६-१७ जुलाईमा उनीहरूलाई उद्धार गरिएको हो।

">