काठमाडौं। आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि दुई दिन पनि सबै प्रदेशहरूमा पानी पर्ने सम्भावना छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले मौसममा असर परेको महाशाखाको भनाइ छ।
महाशाखामा अद्यावधिक पछिल्लो २४ घण्टाको मापन अनुसार सबैभन्दा बढी विराटनगरमा ११७.७ मिलिमिटर वर्षा भएको छ। त्यस्तै काठमाडौं उपत्यकामा ५०.९ मिलिमिटर वर्षा मापन गरिएको छ।
" /> काठमाडौं। आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।प्रदेश २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

">