काठमाडौं। भारतको समाजवादी पार्टीका अध्यक्ष एवम् उत्तर प्रदेशका पूर्ब मुख्यमन्त्री अखिलेश यादवले भारतीय जनता पार्टी नेतृत्वको सरकारले छिमेकी राष्ट्रहरूसँग सम्बन्ध विगारेको भन्दै निन्दा गरेका छन्। उनले ट्वीट गर्दै भाजपाको प्रतिशोधकारी नीतिले आन्तरिक र बाह्य दुवैतर्फ देशलाई एक नकारात्मक अवस्थामा डोर्याइरहेको टिप्पणी गरेका छन्।
वाराणसीमा एक नेपाली युवाको कपाल मुण्डन गरेर उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नाराबाजी गर्न लगाएको घटनाको समाचार ट्याग गर्दै उनले भाजपा सरकारको विरोध गरेका छन्। उनले ट्वीटमा लेखेका छन्- ‛भाजपा नेतृत्वको वर्तमान सरकारका समयमा विदेश नीतिका सम्बन्धमा छिमेकी देशहरुसँग हाम्रो देशको सांस्कृतिक र राजनीतिक सम्बन्ध कटुतापूर्ण भइरहेका छन्। जुन ज्यादै नै निन्दनीय छ।’
नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपाको सरकार प्रधानमन्त्री ओलीविरुद्ध देखिइरहँदा भाजपाकै स्थानीय नेता-कार्यकर्ताहरुले वाराणसीमा एक नेपाली युवाको जबरजस्ती कपाल मुण्डन गरिदिएका थिए। र, जय श्री राम लेखेर उनीहरूले भनेअनुसारको नारा लगाउन बाध्य बनाएका थिए।
प्रधानमन्त्री ओलीले राम जन्मभूमि नेपालमा पर्ने अभिव्यक्ति दिएपछि हिन्दूवादी भाजपा र ऊ नेतृत्वको सरकार नेपालप्रति क्रुद्ध देखिएको छ।