कञ्चनपुर। गत असार १५ गते कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी सरकारी कागजात कीर्ते गरी मोटरसाइकल किनबेचमा संलग्न दुई कर्मचारीसहित १२ जनालाई सार्वजनिक गर्यो। यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत ती कर्मचारीलाई भारतबाट चोरी गरी ल्याइएका मोटरसाइकल सस्तोमा बिक्री गर्ने गिरोहसँगै मिलेको अभियोग लगाइएको छ।
सरकारी कर्मचारीसमेत सरकारी छाप तथा कागजातलगायत कीर्तेमा संलग्न हुने गरेको सुइँको पाएको प्रहरीले सूक्ष्म अनुसन्धान थालेसँगै सफलतातिर उन्मुख रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चोरीका मोटरसाइकलको नक्कली ब्लुबुक बनाउनेदेखि सरकारी छापको प्रयोग गर्ने यातायात व्यवस्था कार्यालयका कम्प्युटर सहायक अपरेटर जितेन्द्र राना र कार्यालय सहायक गणेश भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
प्रहरी स्रोतका अनुसार सरकारी कागजात कीर्ते (लिखतसम्बन्धी कसूर)मा यातायात व्यवस्था कार्यालय धनगढीका दुईजना अधिकृतको समेत संलग्न रहेको पाइएको छ। “अनुसन्धानमा देखिएपछि थप दुई सरकारी कर्मचारीका नाउँमा पक्राउ पुर्जी जारी भइसकेको छ”, उनले भने, “अन्य यातायात कार्यालयमाथि पनि निगरानी बढाइएको छ।”
किनेबच गरिएका मोटरसाइकल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरमा समेत दर्ता रहेको भेटिएको छ। उक्त गिरोहमा संलग्न दुई कर्मचारीसँगै कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का ३५ वर्षीय बहादुर राना, बेदकोट नगरपालिका–६ का ३५ का राजकुमार राना, २५ वर्षीय हरेन्द्र राना, ३० वर्षीय सुबेश राना, लालझाडी गाउँपालिका–१ का ४२ वर्षीय रामनिवास राना, शुक्लाफाँटा नगरपालिका–१२ का २७ का श्याम राना, बेदकाट नगरपालिका–६ का २८ वर्षीय राम राना, लाल राना, बेदकोट नगरपालिका–५ का १८ वर्षीय प्रदिप राना, २७ वर्षीय लक्ष्मी राना र लालझाडी गाउउँपालिका–४ का रामदयाल प्रहरी नियन्त्रणमा छन्।
चेतेनन् कर्मचारीले
दुई वर्ष अगाडि कञ्चनपुर प्रहरीले नक्कली कागजात बनाई चोरीका गाडी नेपालमा किनबेच गर्दै आएको गिरोहलाई पक्राउ गरेको थियो। नेपाली तथा भारतीय नम्बर प्लेटका सवारीसाधन चोरी गरी नक्कली कागजात बनाएर बेचबिखन गर्दै आएका मुख्य अभियुक्त कैलालीको भजनीका गोकुलप्रसाद श्रेष्ठ कारबाही भोगिरहेका छन्।
नक्कली कागजात तयार पारेर भारतीय नम्बरका गाडी नेपालमा दर्ता गरी बेच्दै आएको तथ्य खुलेपछि तत्कालीन यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुखसहित सातजना कर्मचारी निलम्बनमा परेका थिए। उक्त समयमा प्रहरीले १० थान कार/जीप र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो। “त्यो बेला पनि यातायात कार्यालयको लेटरप्याड र छाप दुरूपयोग भएको थियो”, प्रहरी स्रोतले भन्यो, “अहिले पनि कीर्तेमा कर्मचारीकै मिलोमतो देखिन्छ।”
यातायात व्यवस्था कार्यालयका अनुसार निलम्बित सातै जना कर्मचारीले सफाइ पाएर काममा फर्किसकेका छन्। शेरबहादुर सिंह/रासस
" /> कञ्चनपुर। गत असार १५ गते कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी सरकारी कागजात कीर्ते गरी मोटरसाइकल किनबेचमा संलग्न दुई कर्मचारीसहित १२ जनालाई सार्वजनिक गर्यो। यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत ती कर्मचारीलाई भारतबाट चोरी गरी ल्याइएका मोटरसाइकल सस्तोमा बिक्री गर्ने गिरोहसँगै मिलेको अभियोग लगाइएको छ।सरकारी कर्मचारीसमेत सरकारी छाप तथा कागजातलगायत कीर्तेमा संलग्न हुने गरेको सुइँको पाएको प्रहरीले सूक्ष्म अनुसन्धान थालेसँगै सफलतातिर उन्मुख रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चोरीका मोटरसाइकलको नक्कली ब्लुबुक बनाउनेदेखि सरकारी छापको प्रयोग गर्ने यातायात व्यवस्था कार्यालयका कम्प्युटर सहायक अपरेटर जितेन्द्र राना र कार्यालय सहायक गणेश भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

">