कैलाली। धनगढी उपमहानगरपालिका-१३ राजपुरमा दुई समूहबीच भएको झडपमा परी दुई जना घाइते भएका छन्।
घाइते वडा नम्बर ३ का निरज भट्ट र गणेश धामीको निसर्ग अस्पताल धनगढीमा सामान्य उपचारपछि शुक्रबार राति नै काठमाडौ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
शुक्रबार राति दुई समूहबीचको झडपका क्रममा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका धामीको नाडी काटिएकोले रहेकोले थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ।
खुकुरी प्रहार गर्ने वडा नम्बर ३ का सन्नी नेपाली र दीपेन्द्र भण्डारीलाई एकथान तरबार र एक थान खुकुरीसहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए। उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए।