कैलाली। भारतसँग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्रमा जंगली हात्तीको बथानले धानबालीमा सामान्य क्षति पुर्याएको छ। भारतको दुदुवा नेशनल पार्कबाट पुनर्वास नगरपालिका–१० दोदा पुल हुँदै प्रतिभानगर जोड्ने लोकतान्त्रिक मार्ग भएर जंगली हात्ती कञ्चनपुर प्रवेश गरेको स्थानीयले बताएका छन्।
सानो र ठूलो गरि करीब आधा दर्जनको संख्यामा दुदुवा नेशनल पार्कबाट नेपाल प्रवेश गरेको हात्तीको बथानसँग जम्काभेट हुँदा हिजो पुनर्वास नगरपालिका–७ परासनका लबरू भन्ने बिनोद राना सामान्य घाइते भएका छन्। हात्ती देखेर भाग्ने क्रममा लडेर राना सामान्य घाइते भएको र उनले चलाएको से१त ७३०८ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति भएको छ।
हरेक वर्ष वर्षायाममा भारको दुदुवा नेशनल पार्कबाट हात्ती बच्चा हुर्काउन र प्रजननका लागि नेपाल आउने गरेको संरक्षणकर्मी राजबहादुर ऎरले बताए। उनले दुदुवा नेशनल पार्कसँगै रहेको कञ्चनपुरको लालझाडी राष्ट्रिय वनमा हात्ती आउने र नजिकै रहेको वस्तीहरूमा लगाएको बालीमा हानी नोक्सानी पुर्याउने गरेको बताए।
कहिलेकाहीँ मानवीय क्षति समेत हुने गरेको बताउँदै संरक्षणकर्मी ऎरले बर्षौंदेखि हात्ती सोही बाटो भएर आवतजावत गर्ने गरेको बताउँदै अहिले जंगल मासेर बस्ती बस्दा कहिलेकाहीँ घरमा समेत हात्तीले क्षति पुर्याउने गरेको बताए।
" /> कैलाली। भारतसँग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्रमा जंगली हात्तीको बथानले धानबालीमा सामान्य क्षति पुर्याएको छ। भारतको दुदुवा नेशनल पार्कबाट पुनर्वास नगरपालिका–१० दोदा पुल हुँदै प्रतिभानगर जोड्ने लोकतान्त्रिक मार्ग भएर जंगली हात्ती कञ्चनपुर प्रवेश गरेको स्थानीयले बताएका छन्।सानो र ठूलो गरि करीब आधा दर्जनको संख्यामा दुदुवा नेशनल पार्कबाट नेपाल प्रवेश गरेको हात्तीको बथानसँग जम्काभेट हुँदा हिजो पुनर्वास नगरपालिका–७ परासनका लबरू भन्ने बिनोद राना सामान्य घाइते भएका छन्। हात्ती देखेर भाग्ने क्रममा लडेर राना सामान्य घाइते भएको र उनले चलाएको से१त ७३०८ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति भएको छ।

">