काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई मास्क लगाउन आदेश नदिने वाचा गरेका छन्। अमेरिकामा कोरोना संक्रमणको दर उच्च रहेका बेला उनले यस्तो वाचा गरेका हुन्।
अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौसीले मानिसहरुलाई मास्क लगाउनका लागि 'सकेसम्म दबाब दिन' राज्य र स्थानीय नेताहरुलाई आग्रह गरेपछि राष्ट्रपति ट्रम्पको उक्त प्रतिक्रिया आएको हो।
डा. फौसीले भनेका छन्, ‘‘अनुसार ढाक्ने मास्क लगाउनु अत्ति नै महत्त्वपूर्ण छ र हामी सबैले यसको प्रयोग गर्नुपर्छ।’
मास्क लगाउनुलाई अमेरिकामा अत्यधिक राजनीतिकरण गरिएको छ।
मास्क लगाउने कार्यको प्रतिरोध गर्दै आएका राष्ट्रपति ट्रम्प गत शनिबार पहिलोपटक मास्क लगाएर सार्वजनिक भएका थिए।
तर, शुक्रबार फक्स न्यूजसँग बोल्दै उनले राष्ट्रिय मास्क जनादेशकाे पक्षमा आफू सहमत नरहेको बताएका छन्, उनले भने कि जनतालाई ‘‘निश्चित स्वतन्त्रता’’ हुनुपर्छ।
दक्षिणी राज्य जर्जियामा रिपब्लिकन गभर्नर ब्रायन केम्पले भने आगामी महिना मास्क लगाउनका लागि त्यहाँका बासिन्दालाई आग्रह गरेका छन्। उनले राज्यबासीलाई अपिल गर्दै सहरमा मास्क लगाउन अनिवार्य भएको बताएका छन्। बीबीसी