काठमाडाैं। पूर्वराष्ट्रियसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मेजर दीपक गुरुङको ८४ वर्षको उमेरमा आज निधन भएको छ।
कास्की जिल्लाको मादी गाउँपालिका-२, ताङतिङ स्थायी बसोबास भएका गुरुङको काठमाडाैंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भतिजा एवं मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (स्याम) ले जानकारी दिए।
मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या भएपछि उनी उपचारत थिए।
भूतपूर्व सैनिक संघका संस्थापक अध्यक्षसमेत रहेका उनका श्रीमती, दुई छोरा र चार छोरी छन्। रासस
" /> काठमाडाैं। पूर्वराष्ट्रियसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मेजर दीपक गुरुङको ८४ वर्षको उमेरमा आज निधन भएको छ।कास्की जिल्लाको मादी गाउँपालिका-२, ताङतिङ स्थायी बसोबास भएका गुरुङको काठमाडाैंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भतिजा एवं मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (स्याम) ले जानकारी दिए।
मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या भएपछि उनी उपचारत थिए।
भूतपूर्व सैनिक संघका संस्थापक अध्यक्षसमेत रहेका उनका श्रीमती, दुई छोरा र चार छोरी छन्। रासस
">