इन्डोनेसिया। इन्डोनेसियाको सुलावेसी टापुमा व्यापक वर्षापछि आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ६६ जना हराइरहेका इन्डोनेसियाली अधिकारीले बताएका छन्।
गत सोमबारपछि परेको अविरल वर्षाका कारण आएको बाढीले वस्तीहरू डुबानमा परेको त्यहाँकाे प्रहरीले जनाएको छ।
बाढीले देशको लुहू क्षेत्रका कम्तीमा १४ हजार परिवारको घरहरूमा पूर्णरूपमा क्षति पुर्याएको जनाइएको छ। उनीहरूलाई टेन्ट र अस्थायी टहरा बनाई व्यवस्थापन गरिएको सरकारी अधिकारीले बताएका छन्।
“बेपत्ता भएका कसैलाई जीवित भेट्ने आशा क्षीण रहेको तर खोजी कार्य जारी रहेको छ,” अलुवुका उद्धार समूहका संयोजक एण्डी मुक्तिले एएफपीलाई बताए।
डुबानपछि वस्तीहरूमा दुई मिटरसम्म माटो जमेकोले उद्धारबाट कसैलाई जीवित पाउने आशा हराइसकेको तर खोजी कार्य जारी रहेको उनले बताए।
बाढीले ल्याएको माटोले हजारौं घरहरू तथा सरकारी तथा गैर–सरकारी भवनहरूलाई पुरेको बताइएको छ। कतिपयले घरको पानी भाँडाले निकालेर हिलो तथा पानीमाथि नै रात बिताइरहेका छन् भने बढी प्रभावित केहीलाई सुरक्षित स्थानमा सारिएको छ।
इन्डोनेसिया राजधानी जकार्ताको छिमेकी जाभा टापुमा यस अघि जनवरीमा आएको बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको थियो।
इन्डोनेसियामा बाढीका कारण हरेक वर्ष सयौँको संख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन्। रासस-एएफपी
" /> इन्डोनेसिया। इन्डोनेसियाको सुलावेसी टापुमा व्यापक वर्षापछि आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ६६ जना हराइरहेका इन्डोनेसियाली अधिकारीले बताएका छन्।गत सोमबारपछि परेको अविरल वर्षाका कारण आएको बाढीले वस्तीहरू डुबानमा परेको त्यहाँकाे प्रहरीले जनाएको छ।

">