भरतपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन थालेको छ। माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी थालेको हो ।

नगर प्रमुख ठाकुर ढकालले धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्वविद्को खोजी भइरहेको बताए। उनले भने, “पुरातत्व विभागलाई अध्ययन गर्न आग्रह गरिएको छ ।” माडीका धार्मिक गुरुहरुको भेला गरी इतिहास र तथ्यका विषयमा छलफल गरेको पनि उनले बताए।

धार्मिक गुरुहरुलाई उद्धृत गर्दै ढकालले रामायणमा उल्लेखित अधिकांश तथ्य र प्रमाण यहाँ रहेका बताए। उनले भने, “अयोध्यापुरी, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्ड, सीताराम कुण्ड, वाल्मीकि आश्रम माडीका प्रमुख धार्मिक स्थल हुन्, यी रामायणसँग जोडिएका छन्।” यी धार्मिक स्थलमा पुराना भग्नावशेषहरु रहेको बताउँदै उनले यहाँ पुराना इँटाका टुक्रा, तामाका पैसा, माटाका भाडा बनाएका टुक्र, इनार रहेको पनि जानकारी दिए।

यी सबै तथ्यका आधारमा अयोध्या माडीमा नै हो भन्ने विषयमा आफूहरु विश्वस्त रहेको प्रमुख ढकालको भनाइ छ। उनले भने, “हामी विश्वस्त छौँ, तर प्रमाणहरु जुटाउनेतर्फ लागेका छौँ।” आफूहरुले अयोध्या प्रमाणित हुने तथ्य खोजेरै छाड्ने उनको दाबी छ।  तीनै तहका राज्यको सहयोगमा पुरातात्विक वस्तुको उत्खनन् र प्रमाण जुटाउन लाग्नुपर्नेमा उनको जोड छ।

राजनीतिज्ञ एवं समाजसेवी श्याम विष्टले स्थानीय सरोकारवाला, राजनीति दल, सन्त महन्त सबैको एकमना एकताको साथमा खोज अनुसन्धानमा लाग्ने बताउँदै भने, “यहाँ केही न केही छ, अहिलेसम्म ओझेल परेको छ, प्रधानमन्त्रीले त्यत्तिकै बोल्नुभएको छैन।” उनले सत्य तथ्य पत्ता लगाएरै छाडने पनि बताए।

विष्टका अनुसार माडीमा मानव बस्ती बसाउने शुरुआती चरणमा घर बनाउँदा, जग्गा सम्याउँदा पुराना सिक्का, मूर्ति भेटिने गरेका थिए। अहिले पनि कतिपय ठाउँमा खन्दा त्यस्ता पुरातात्विक वस्तु फेलापर्ने गरेको उनले बताए। विष्टले भने, “कतिपय प्रमाणहरु भेटिएका भए पनि व्यक्तिको घरघरमा रहेका छन्, तिनको संरक्षण र अनुसन्धान हुन सकेको छैन।” अब ती वस्तुहरुको सङ्कलन, संरक्षण र परीक्षण गरिने विष्टले बताए।

अयोध्यापुरी क्षेत्र समेटिएको माडी–८ का अध्यक्ष कृष्णप्रसाद अधिकारी अयोध्या यहीँ हुनसक्ने भन्दै प्रमाण जुटाउन लाग्नुपर्ने बताउँछन्। उनले रामायणसँग जोडिएका धेरै विषयवस्तु यहाँ रहेको बताउँदै भने, “रामायणसँग जोडिएका धेरै विषय यहाँ छन्, राम जन्मिएको प्रमाण नभए पनि खोजी गर्नुपर्छ।”

स्थानीय धार्मिक व्यक्तित्व लक्ष्मीकान्त सापकोटा भारतमा अयोध्याका विषयमा विवाद रहेको बताउँदै रामको जन्म स्थानको विषयमा अझैसम्म कुनै ठाउँ प्रमाणित नभएको बताए। उनले भने, “भारतको अयोध्या पनि राम जन्मेको भन्ने प्रमाणित छैन, यहाँको अयोध्यापुरीमा भएका प्रमाण तथ्यको नजिक छन्।” उनले राज्यको संलग्नतामा विज्ञको सहभागितामा प्रमाण जुटाउनेतर्फ लाग्नुपर्ने सुझाव पनि दिए।

चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी धार्मिक, सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। साविक अयोध्यापुरी गाविसको वडा नंं. ७, ८ र ९ मुख्य गरी अयोध्यापुरी क्षेत्र हो । हाल माडी नगरपालिका–८ मा आयोध्यापुरी गाउँपर्छ, जुन अहिले चर्चामा छ। भरतपुरबाट ४८ किलोमिटर दूरीमा दक्षिणतर्फ अयोध्यापुरी पर्छ। यहाँ वरिपरि ठूला डाँडा छन्। यसै अयोध्यापुरीमा राम सीता बसेको बैकुण्ठ ताल, राम सीता गुफालगायतका प्राचीन संरचना छन् ।

माडी वडा नं. ९ को सीमाना नजिक रामसीता नामका गुफा छन्। वडा नं. ८ मा बैकुण्ठ तालसँगै एक घण्टा पैदल हिँडेपछि धनलक्ष्मी छहरा पुगिन्छ। यी सबै संरचना राम सीतासँग जोडिने स्थानीय बताउँछन्। माडीकै वडा नंं. १ मा अवस्थित वाल्मीकि आश्रम पनि राम सीतासँग जोडिन्छ। रामले सीतालाई सो आश्रममा छाडेको र लव कुशको जन्म तथा शिक्षा लिएको ठाउँको रुपमा वाल्मीकि आश्रमलाई लिइन्छ । यो आश्रम अयोध्यापुरीबाट करिब ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

प्रधानमन्त्रीको भनाइपछि स्थानीयहरु उत्साहित भएका छन्। लकडाउनको समय भए पनि कतिपय धार्मिक गुरु र इतिहासका प्राध्यापक तथा विद्यार्थी अयोध्यापुरीको अवलोकन गर्न आउने गरेका छन्। नगर प्रमुख ढकालका अनुसार स्थानीयले माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या नगरपालिका राख्न अनुरोध गरेका छन्।

रासस

" /> भरतपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन थालेको छ। माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी थालेको हो ।

"> अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका: Dekhapadhi
माडीस्थित परशुराम कुण्ड
अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका

प्रतिक्रिया दिनुहोस्