काठमाडौं। गत मंसीरमा काठमाडौंको बूढानीलकण्ठमा मादक पदार्थ सेवन गरी सवारी चलाएर एक महिलाको ज्यान लिने अभियुक्तलाई सर्वोच्च अदालतले धरौटीमा छाडेको छ।
जिल्ला अदालत र उच्च अदालतले थुनामा पठाउन गरेको आदेश उल्ट्याउँदै सर्वोच्च अदालतले ३१ असारमा अभियुक्त पृथ्वी मल्ललाई छाड्ने आदेश गरेको थियो।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले मल्ललाई पाँच लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो। मल्ल धरौटी रकम बुझाएर रिहा भइसकेका छन्।
यसअघि काठमाडौं जिल्ला अदालतले मादक पदार्थ सेवन गरेर सावधानी नअपनाएर कार चलाएकै कारणले पैदल यात्रु महिलाको ज्यान गएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्लाको आदेशलाई उच्च अदालतले पनि सदर गरेको थियो।
काठमाडौंको गोठाटारका २१ वर्षीय पृथ्वी मल्लले २८ मंसिर २०७६ मा मदिरा सेवन गरेर चलाएको बा १४ च ६१२३ नम्बरको कारको ठक्करबाट गोरखा घर भई बूढानीलकण्ठ बस्ने लीलादेवी देवकोटाको मृत्यु भएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा ३ देखि १० वर्ष कैद सजायको माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
" /> काठमाडौं। गत मंसीरमा काठमाडौंको बूढानीलकण्ठमा मादक पदार्थ सेवन गरी सवारी चलाएर एक महिलाको ज्यान लिने अभियुक्तलाई सर्वोच्च अदालतले धरौटीमा छाडेको छ।जिल्ला अदालत र उच्च अदालतले थुनामा पठाउन गरेको आदेश उल्ट्याउँदै सर्वोच्च अदालतले ३१ असारमा अभियुक्त पृथ्वी मल्ललाई छाड्ने आदेश गरेको थियो।

">