कपिलवस्तु। कपिलवस्तु नगरपालिका-५, गोटिहवास्थित पुरातात्विकस्थल अशोक स्तम्भ डुबानमा परेको छ।
लगातार परेको वर्षाले गर्दा एक महिनादेखि स्तम्भ पानीमा डुबेको छ।
बलौटे ढुंगाको स्तम्भ पानीमा डुब्दा ‘क्यापिलरी एक्सन’ भएर त्यसलाई असर गर्ने पुरातत्त्वविद्ले बताएका छन्।
मौर्य सम्राट अशोक रुमिनदेई (रुपन्देही)स्थित शाक्यमुनि बुद्ध जन्मस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आएका थिए।
गोटिहवा सिद्धार्थ गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाणस्थल हो।
आजभन्दा एक हजार ७७० वर्षअघि गोटिहवा अस्तित्वमा रहेको पुरातत्वविद्ले बताएका छन्। नेपालमा रहेका तीन अशोक स्तम्भमध्ये गोटिहवाको एक हो। रासस
" /> कपिलवस्तु। कपिलवस्तु नगरपालिका-५, गोटिहवास्थित पुरातात्विकस्थल अशोक स्तम्भ डुबानमा परेको छ।लगातार परेको वर्षाले गर्दा एक महिनादेखि स्तम्भ पानीमा डुबेको छ।

">