काठमाडौं। हत्याको घटनामा संलग्न भनिएका झापाको मेचीनगर नगरपालिका-५ का पुण्यबहादुर विश्वकर्मालाई १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
झापाकै टागनडुब्बा गाउँपालिका निवासी नत्थु विश्वकर्माको कुटपिटबाट हत्या भएको घटनामा पुण्यप्रसादको संलग्नता देखिएको थियो।
२०६३ साल चैतमा नशाले मातेको अवस्थामा पुण्यप्रसादले कुटपिट गर्दा नत्थु गम्भीर घाइते भएका थिए। घाइते भएका उनलाई विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका लागि पुर्याइएको थियो। जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
कुटपिटपछि भागेका पुण्यप्रसाद नत्थुको मृत्यु भएयता फरार रहँदै आएका थिए। तर, उनलाई पुलिसले मेचीनगर नगरपालिकाकै इँटाभट्टा चोकमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।
" /> काठमाडौं। हत्याको घटनामा संलग्न भनिएका झापाको मेचीनगर नगरपालिका-५ का पुण्यबहादुर विश्वकर्मालाई १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।झापाकै टागनडुब्बा गाउँपालिका निवासी नत्थु विश्वकर्माको कुटपिटबाट हत्या भएको घटनामा पुण्यप्रसादको संलग्नता देखिएको थियो।

">