गलकोट। बागलुङ नगरपालिका-१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ।
जैमिनी नगरपालिका-१० निवासी १८ वर्षीय जीवन पुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
३० असारमा पर्वतको कुश्मा नगरपालिका-१ की दिदीका घरबाट जैमिनी हिँडेपछि सम्पर्कविहीन भएका पुन आज कालीगण्डकी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।
परीक्षणका लागि शव धौलागिरी अस्पतालमा राखिएको छ। कालीगण्डकी तरेर जैमिनीतर्फ जाने क्रममा ठूलो पानी परेका कारण चिप्लिएर नदीमा खसेको हुनसक्ने प्रहरीको आशंका छ। रासस
" /> गलकोट। बागलुङ नगरपालिका-१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ।जैमिनी नगरपालिका-१० निवासी १८ वर्षीय जीवन पुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

">