काठमाडौं। झापा, बारा, पर्सा र सर्लाहीमा विभिन्न बहानामा करीब आठ करोड रूपैयाँ ठगी गरेर फरार रहेका चन्दन जिन्दललाई प्रहरीले पक्राउ गरेको छ।
झापाको दमक नगरपालिका-७ स्थित कृष्णमन्दिरका २९ वर्षीय जिन्दललाई भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित गट्ठाघरमा लुकेर बसेको अवस्थामा महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।
जिन्दलविरूद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज तथा झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका थिए।
जिल्ला प्रहरी कार्यालय बाराबाट दर्ता भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्ज तथा इलाका प्रहरी कार्यालय दमकबाट दर्ता भएको ठगी मुद्दामा झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीले जनाएको छ।
आफूलाई मनिष अग्रवाल भनेर चिनाउने गरेका जिन्दलले झापा, बारा, पर्सा र सर्लाही जिल्ला बस्ने २२ जनाबाट सात करोड ८१ लाख ४२ हजार रूपैयाँ बराबर ठगी तथा बैंकिङ कसुर गरेको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उनीविरूद्ध अन्य थुप्रै उजुरी आउने क्रममा रहेको छ।
जिन्दलले बारा र पर्साका विभिन्न खाद्यान्न व्यापारीहरूसँग उधारोमा खाद्यान्न ल्याएर काठमाडौंमा खरिद मूल्यभन्दा सस्तोमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनु्सार उनले झापामा भने जमिन तथा हार्डवेयर व्यावसायमार्फत ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
महानगरीय अपराध महाशाखाले जिन्दललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाएको जानकारी दिएको छ।
" /> काठमाडौं। झापा, बारा, पर्सा र सर्लाहीमा विभिन्न बहानामा करीब आठ करोड रूपैयाँ ठगी गरेर फरार रहेका चन्दन जिन्दललाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराबाट दर्ता भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्ज तथा इलाका प्रहरी कार्यालय दमकबाट दर्ता भएको ठगी मुद्दामा झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीले जनाएको छ।

">