काठमाडौं। नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हालेका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हाल्नुभएको हो ।
रक्षा समाचारदातासँग जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा पौडेलले भने, “जनताको सुसूचित हुने अधिकारको रक्षा गर्छौं, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई समानान्तररूपमा लैजाने विषयमा सन्तुलन कायम हुनुपर्छ, हामी दुवैको मिलन बिन्दु र प्रस्थान बिन्दु त्यही नै हो।”
यसअघि उनी जङ्गी अड्डास्थित १५ नं बाहिनी र आपूर्ति तथा परिवहन निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए।
यसअघिका सैन्य प्रवक्तामा सहायकरथी विज्ञानदेव पाण्डे थिए। पाण्डे करिव १५ महीनाको प्रवक्ताको जिम्मेवारी पूरा गरी सुर्खेतस्थित उत्तर-पश्चिम पृतनाको नेतृत्व सम्हाल्न जाँदेछन्। रासस