सुर्खेत। कर्णालीका लागि साउने (कर्कट) संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो। यसका लागि कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा गरेको छ। सरकारले पहिलोपटक आधिकारिकरुपमा सार्वजनिक बिदा दिएको देउडा पर्वको विशेष दिन भने सुनसान बन्यो।
कोरोना महामारी कारण भाषा र संस्कृतिको मुख्य थलो जुम्लामा तीन दिनदेखि निषेधाज्ञा जारी छ। त्यस्तै, दैलेखमा पनि कोभिड-१९ का कारण देउडा पर्व मनाइएन। सुर्खेतमा पनि देउडाका कुनै क्रियाकलाप हुन सकेनन्। कोरोना कहरले कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशका नागरिकको यसपालि देउडा खेल्ने रहर अधुरो बन्यो।
साउन १ गते यसलाई भव्य तवरले मनाइने दिनका रुपमा आधिकारिक घोषणा गरिए पनि हरेक महिनाको १ र १५ गते पछिल्लो राजधानी वीरेन्द्रनगर सुर्खेतमा स्वतः मेला लाग्ने गर्दछ। यसका लागि न विज्ञापन गर्नुपर्दछ नत कुनै आधिकारिक सूचना नै। देउडा पारखी आफूखुशी आउँछन् र विभिन्न समूह बनाई गोलो लाइनमा उभिएर खेल शुरु गर्छन्।
यस्तो विशेष महत्त्वको दिनमा देउडा खेल्न र हेर्न नपाइएको यहाँका स्थानीय महिला विर्षदेवी हमालले बताए। “देउडा हाम्रो संस्कृतिमात्र होइन,” हमालले भने, “यो हाम्रो पहिचान र मनोरञ्जन लिने मुख्य माध्यम पनि हो।” कोरोना भाइरसको कारण लामो समयदेखि देउडा खेलको रमाइलो लिन नपाइएको उनको भनाइ थियो।
साविकको कर्णालीमा मेला मालिकादेखि नयाँ घर निर्माण सम्पन्न गर्दा, व्रतबन्ध, विवाहवारी, न्वारन, छैटी, विभिन्न स्थानीय चाडपर्वको केन्द्रबिन्दुमा यो खेल हुन्छ। तरुणदेखि वृद्धले उमेर, समाज र परिवेश विशेषका गीत विभिन्न शैलीमा गाउँदै उनीहरुले आफ्नो क्षमता र पहिचान दुवै देखाउने गर्दछन्। देउडा खेलमा लाग्न कोही कसैलाई रोकछेक हुँदैन। पुरुष/पुरुष, महिला/महिला वा महिला पुरुष जस्तोसुकै समूह बनाएर खेलिने देउडा दुःख, पीडा, खुशी, व्यग्य, आलोचना, तर्क, भावना व्यक्त गर्ने माध्यमयुक्त थलो हो। जसले विकास, राजनीति, अर्थ, धर्म, संस्कृति, समाजको वास्तविक चरित्र र विशेषताका बारेमा समेत स्पष्ट बयान गर्दछ।
यद्यपि देउडामा प्रस्तुत सबैखाले क्रियाकलापले दिने मूल सन्देश भनेकै सुसंस्कृत समाज तथा नैतिकवान चरित्र निर्माण र मनोरञ्जन आदानप्रदान हो। त्यसको अलावा यसले समाजमा भएका विकृति, अनियमिता, शोषण, राजनीतिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक अभ्यास र त्यसले पारेको प्रभावका बारेमा पनि सुसूचित गराउँदै आएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिए। रासस
" /> सुर्खेत। कर्णालीका लागि साउने (कर्कट) संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो। यसका लागि कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा गरेको छ। सरकारले पहिलोपटक आधिकारिकरुपमा सार्वजनिक बिदा दिएको देउडा पर्वको विशेष दिन भने सुनसान बन्यो।कोरोना महामारी कारण भाषा र संस्कृतिको मुख्य थलो जुम्लामा तीन दिनदेखि निषेधाज्ञा जारी छ। त्यस्तै, दैलेखमा पनि कोभिड-१९ का कारण देउडा पर्व मनाइएन। सुर्खेतमा पनि देउडाका कुनै क्रियाकलाप हुन सकेनन्। कोरोना कहरले कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशका नागरिकको यसपालि देउडा खेल्ने रहर अधुरो बन्यो।

">