गण्डकी। पोखरा विश्वविद्यालय नेतृत्त्वविहीन बन्दा योजना तर्जुमाका साथै नीति निर्माणमा समस्या भइरहेको सराेकारवालाले बताएका छन्। विश्वविद्यालयको २४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताले उक्त धारणा राखेका हुन्।
विगत १० महिनायता विश्वविद्यालयको उपकुलपति नियुक्ति नहुँदा नीति निर्माणका साथै हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको उनीहरूले बताएका छन्।
उपकुलपति बिना विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिकाविहीन बनेको छ। उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिष्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीनको पदसमेत रिक्त छ।
व्यवस्थापन सङ्कायका डीन प्रा. हरिबहादुर खड्काले पूर्णकालीन पदाधिकारी नहुँदा विश्वविद्यालयको महत्त्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न नसकेको बताए। यसले विश्वविद्यालयको योजना तर्जुमा र नीति निर्माणमा समस्या उत्पन्न भएको उनले बताए। योजना तथा कार्यक्रम महाशाखा प्रमुख सह प्रा.डा. ज्ञानेश्वर शर्माले २१ औँ शताब्दीको विश्वविद्यालय परिकल्पना गरेको अवस्थामा विश्वविद्यालय नेतृत्त्वविहीन हुँदा सबैलाई पीडा भएको उल्लेख गरे।
पोखरा विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति हेमराज पाण्डेले समयसापेक्ष नीतिगत निर्णय गरी विश्वविद्यालयको शैक्षिक एवं पूर्वाधार विकास कार्यक्रमलाई समय अनुकूल बनाउन र विश्वविद्यालयको भविष्यलाई जोगाउन विश्वविद्यालयको नेतृत्त्व नियुक्ति गर्नुपर्ने बताए। सहप्रशासक यादव थापाले पोखरा विश्वविद्यालय धेरै दुःखले आजको अवस्थासम्म आएको बताउँदै यसको उज्ज्वल भविश्यको लागि सबैले सकारात्मक भएर सोच्नुपर्नेमा जोड दिए।
पोखरा विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष शिवराज पण्डित, पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्वस्ववियु सभापति सुनिल क्षेत्रीलगायतले नेतृत्त्व अभावका कारण विद्यार्थीको मात्रै नभई सम्पूर्ण शिक्षक तथा कर्मचारीको भविष्यसमेत अन्धकार भएकोमा जोड दिए। विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार प्रत्येक वर्षको साउन १ गतेलाई पोखरा विश्वविद्यालयको स्थापना दिवसका रूपमा मनाउँदै आइएको छ। रासस
" /> गण्डकी। पोखरा विश्वविद्यालय नेतृत्त्वविहीन बन्दा योजना तर्जुमाका साथै नीति निर्माणमा समस्या भइरहेको सराेकारवालाले बताएका छन्। विश्वविद्यालयको २४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताले उक्त धारणा राखेका हुन्।विगत १० महिनायता विश्वविद्यालयको उपकुलपति नियुक्ति नहुँदा नीति निर्माणका साथै हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको उनीहरूले बताएका छन्।

">