कास्की। माछापुच्छ्रे गाउँपालिकामा आज बिहान पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ।

वडा नम्बर ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान करिब पौने ६ बजे पहिरोले बगाउँदा उनका दुईजना नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर र १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले बताए।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनैजनाको शव बाहिर निकालेका थिए।

२०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो। ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन्। प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको उनले बताए।

घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किलोमिटर दूरीमा पर्दछ। रासस

" /> कास्की। माछापुच्छ्रे गाउँपालिकामा आज बिहान पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ।

वडा नम्बर ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान करिब पौने ६ बजे पहिरोले बगाउँदा उनका दुईजना नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर र १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले बताए।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनैजनाको शव बाहिर निकालेका थिए।

२०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो। ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन्। प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको उनले बताए।

घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किलोमिटर दूरीमा पर्दछ। रासस

"> कास्कीको माछापुच्छ्रेमा पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु : Dekhapadhi बिहान पौने ६ बजे गएको पहिरोमा पुरिएका एकाघरका तीनजनाको शव निकालिएको
• प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीसहितको टोली घटनास्थलमा

कास्कीको माछापुच्छ्रेमा पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु
कास्की। माछापुच्छ्रे गाउँपालिकामा आज बिहान पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ।

वडा नम्बर ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान करिब पौने ६ बजे पहिरोले बगाउँदा उनका दुईजना नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर र १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले बताए।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनैजनाको शव बाहिर निकालेका थिए।

२०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो। ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन्। प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको उनले बताए।

घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किलोमिटर दूरीमा पर्दछ। रासस

प्रतिक्रिया दिनुहोस्