पहिरोले तानसेन-बुटवल सडक अवरुद्ध
<p style="text-align: justify;">पाल्पा। सिद्धार्थ राजमार्गमा पहिरो खस्दा तानसेन-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। </p>
<p style="text-align: justify;">तानसेन-८, गौडेपुलमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए।</p>
<p style="text-align: justify;">वर्षा भइरहेको र पहिरो खस्ने क्रम जारी रहेकोले सडक खुलाउन समस्या भएको गिरीले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
