काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणको सीबीआईले छानविन गर्नुपर्ने माग गरिएको छ। मुम्बई प्रहरीले छानविन गरिरहेको बेला बलिउड अभिनेत्री तथा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले उक्त घटनाको सीबीआई मार्फत् छानविनको माग गरेकी हुन्।
उनले गृहमन्त्री अमित शाहलाई ट्वीट तथा इन्स्टाग्राममार्फत उक्त घटनाको सीबीआई मार्फत छानविनको माग गरेकी हुन्। उनले लेखेकी छिन्, “आदरणीय अमित शाह सर, म सुशान्तसिंह राजपूतकी गर्लफ्रेण्ड रिया चक्रवर्ती हुँ। सुशान्तको निधन भएको एक महिना बढी भइसक्यो। मलाई सरकारप्रति पूरै भरोसा छ, न्यायका हितमा म हात जोडेर निवेदन गर्छु कि यो मामलामा सीबीआईले जाँच गरोस्। म केबल सुशान्तलाई कसले मर्न बाध्य बनायो जान्न चाहन्छु।”
गृहमन्त्रीलाई अनुरोध गर्नुअघि उनले आफूलाई ज्यान मार्ने तथा आफ्नो बलात्कार गर्ने धम्की आइरहेको बताएकी थिइन्।
१४ जुनमा मुम्बईस्थित आफ्नै कोठामा मृत फेला परेका सुशान्तलाई मर्न बाध्य पारिएको भन्दै बलिउडका महान हस्तिहरूविरुद्ध मुद्दा परेको थियो। जुन विषयमा मुम्बई प्रहरीले अझै छानविन गरिरहेको छ।