काठमाडौं। प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी कार्यालयलाई विपद् उद्धार सामग्री प्रदान गरेको छ।
एक कार्यक्रमबीच आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहलाई सामग्री हस्तान्तरण गरेका हुन्।
जनकपुरधामस्थित मन्त्रालय परिसरमा आयोजित कार्यक्रममा र्याफ्ट बोट चार थान, गाइडरमास्टर प्याडल चार थान, रेस्क्यू हेल्मेट ३२ थान, आउटफिटर प्याडल ३२ थान, लाइफ ज्याकेट ३२ थान, ब्यारेल ह्यान्ड पम्प चार थान, लाइफलाइन रोप चार थान, बोलाइन रोप चार थान र र्याफ्ट क्यारी ब्याग चार थान हस्तान्तरण गरिएको छ।
विगतका वर्षहरूमा विपद् घटनाबाट मानवीय तथा जनधनको ठूलो क्षति भएको अवस्थालाई ध्यानमा राखेर विपद्जन्य घटनामा हुने क्षतिलाई न्यूनीकरण गर्न तथा विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउने प्रदेश प्रहरी कार्यालयको उच्च प्राथमिकता रहेकोले प्रदेश सरकारसँगको सहयोग र समन्वयमा प्रदेश सरकारबाट उक्त सामग्री खरिद गरी प्राप्त भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
" /> काठमाडौं। प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी कार्यालयलाई विपद् उद्धार सामग्री प्रदान गरेको छ।एक कार्यक्रमबीच आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहलाई सामग्री हस्तान्तरण गरेका हुन्।

">