काठमाडौं। सडक निर्माणको काममा भुक्तानी दिन उपभोक्ता समितिसँग घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारीलाई पक्राउ गरेको छ।
बागलुङको ढोरपाटन नगरपालिकाअन्तर्गत नगर कार्यपालिकामा कार्यरत इन्जिनियर अधिकारीले भुक्तानी दिएवापत विभिन्न बहाना बनाउँदै घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनलाई पोखराबाट पक्राउ गरेको हो।
सेवाग्राहीबाट एक लाख रूपैयाँ लिइसकेको अवस्थामा उनलाई रंगेहात पोखराको जिरो प्वाइन्टस्थित एक होटलबाट हिजो पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
" /> काठमाडौं। सडक निर्माणको काममा भुक्तानी दिन उपभोक्ता समितिसँग घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारीलाई पक्राउ गरेको छ।बागलुङको ढोरपाटन नगरपालिकाअन्तर्गत नगर कार्यपालिकामा कार्यरत इन्जिनियर अधिकारीले भुक्तानी दिएवापत विभिन्न बहाना बनाउँदै घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनलाई पोखराबाट पक्राउ गरेको हो।
सेवाग्राहीबाट एक लाख रूपैयाँ लिइसकेको अवस्थामा उनलाई रंगेहात पोखराको जिरो प्वाइन्टस्थित एक होटलबाट हिजो पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
">