काठमाडौं। इजरायललाई कर्मभूमि बनाएका झापा कनकाई नगरपालिकाका युवाले कनकाई नगरपालिकालाई ७५० थान पीसीआर किट सहयोग गरेका छन्।
नगरलाई कोरोना भाइरसमुक्त बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले त्यहाँका २९ युवाबाट सङ्कलन गरिएको दुई लाख ४७ हजार रुपैयाँ बराबरको ७५० थान पीसीआर किट प्रदान गरिएको कनकाइ–३ विपीन मैनालीले बजानकारी दिए। “ कोरोना सङ्क्रमणका बेला आफूहरुले पनि केही रकम सहयोग गरेर पिसीआर किट दिएका हौँ”, इजराइलबाट किट लिएर आएका उनले भने।
सङ्कलित दुई लाख ५१ हजार रुपैयाँमध्ये पीसीआर किट खरिदपछि बचेको १८ हजार रुपैयाँ नगरपालिकाको समन्वयमा भिन्न क्षमता (अपाङ्गता) भएका मानिसलाई सहयोग गरिने मैनालीले बताए।
" /> काठमाडौं। इजरायललाई कर्मभूमि बनाएका झापा कनकाई नगरपालिकाका युवाले कनकाई नगरपालिकालाई ७५० थान पीसीआर किट सहयोग गरेका छन्।नगरलाई कोरोना भाइरसमुक्त बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले त्यहाँका २९ युवाबाट सङ्कलन गरिएको दुई लाख ४७ हजार रुपैयाँ बराबरको ७५० थान पीसीआर किट प्रदान गरिएको कनकाइ–३ विपीन मैनालीले बजानकारी दिए। “ कोरोना सङ्क्रमणका बेला आफूहरुले पनि केही रकम सहयोग गरेर पिसीआर किट दिएका हौँ”, इजराइलबाट किट लिएर आएका उनले भने।
सङ्कलित दुई लाख ५१ हजार रुपैयाँमध्ये पीसीआर किट खरिदपछि बचेको १८ हजार रुपैयाँ नगरपालिकाको समन्वयमा भिन्न क्षमता (अपाङ्गता) भएका मानिसलाई सहयोग गरिने मैनालीले बताए।
">