तनहुँ। तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिरोले पुरिएर बेपत्ता भएका एक युवक चार दिन बित्दा पनि फेला पर्न सकेका छैनन्। पहिरोले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव २९ असारमा नै फेला परिसकेको छ।
पहिरोले बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजीकार्य जारी राखिए पनि आजसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सहसेनानीका नेतृत्वमा सेना परिचालित छ। सेनाको टोलीले घरभन्दा तलपट्टिको क्षेत्रमा बेपत्ता भएका थापालाई खोज्ने काम गरिरहेको छ।
प्रहरी उपरीक्षक पौडेलका अनुसार बेपत्ता भएकाको खोजीकार्यका लागि स्काभेटर पनि प्रयोग गरिएको छ। “बेपत्ता भएकाको खोजीकार्यका लागि निरन्तर लागिपरेका छौँ, तैपनि उनलाई फेला पार्न सकिएको छैन”, पौडेलले भने।
पहिरोले पुरिएर उनकै आमा ४० वर्षीया कमला थापा, दाजु २४ वर्षीय मनोज थापा र भाउजु २१ वर्षीया अञ्जना थापाको निधन भएको थियो। बुबा ५० वर्षीय केशव थापा भने घाइते छन्। उनको पोखरामा उपचार भइरहेको छ। पहिरोले पुरिएर तनहुँको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका ११ जनाको मृत्यु भएको छ भने तीन घाइते छन्। रासस
" /> तनहुँ। तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिरोले पुरिएर बेपत्ता भएका एक युवक चार दिन बित्दा पनि फेला पर्न सकेका छैनन्। पहिरोले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव २९ असारमा नै फेला परिसकेको छ।पहिरोले बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजीकार्य जारी राखिए पनि आजसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सहसेनानीका नेतृत्वमा सेना परिचालित छ। सेनाको टोलीले घरभन्दा तलपट्टिको क्षेत्रमा बेपत्ता भएका थापालाई खोज्ने काम गरिरहेको छ।

">