काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीमा पहिरोबाट बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ।
भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार ३५ वर्षीया साङ्बु शेर्पाको शव भेटिएको हो।
आज बिहान २ बजे गएको पहिरोले स्थानीय ग्याङजेन शेर्पा र न्यासाङ्बु तामाङको घर पुरेको छ।
पहिरोले ग्याङजेनका आमा, श्रीमती, बहिनी र दुई छोरी बेपत्ता भएका थिए। ग्याङ्जेन भने काठमाडौं बस्दै आएका थिए।
पहिरोमा परी बेपत्ता भएका १६ वर्षीया याङ्जी शेर्पा, १४ वर्षीया छिरिङवागु शेर्पा, ७५ वर्षीया सुमवुट्टी शेर्पा र ४० वर्षीया सेमङ शेर्पाको खोजी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिएका छन्।
पहिरोबाट स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ।
उद्धार तथा खोजीका लागि प्रहरी टोली घटनास्थल पुगिसकेको छ। नेपाली सेनाको टोली पनि त्यसतर्फ जाँदै गरेको बताइएको छ।
" /> काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीमा पहिरोबाट बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ।भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार ३५ वर्षीया साङ्बु शेर्पाको शव भेटिएको हो।

">