काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीमा पहिरोले दुई घर पुरेको छ।
सो घटनामा एकै परिवारका पाँचजना पुरिएर बेपत्ता भएको वडाध्यक्ष साङदोर्जे शेर्पाले देखापढीलाई बताए।
आज बिहान २ बजे गएको पहिरोले स्थानीय ग्याङजेन शेर्पा र न्यासाङ्बु तामाङको घर पुरेको हो।
पहिरोमा पुरिँदा ग्याङ्जेन शेर्पाको आमा, श्रीमती, बहिनी र दुई छोरी बेपत्ता भएको वडाध्यक्ष शेर्पाले जानकारी दिए। ग्याङ्जेन भने काठमाडौंमा बस्दै आएका छन्।
घटनास्थलमा अहिले स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्।
वडाध्यक्षका अनुसार सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ आउँदै गरेको जानकारी प्राप्त भएको छ।
" /> काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीमा पहिरोले दुई घर पुरेको छ।सो घटनामा एकै परिवारका पाँचजना पुरिएर बेपत्ता भएको वडाध्यक्ष साङदोर्जे शेर्पाले देखापढीलाई बताए।

">