काठामाडौं। झापाको भद्रपुर नगरपालिका-३ नाउघाट बस्ने ३३ वर्षीय हिरण राईको मेची खोलामा डुबेर मृत्यु भएको छ।
गत शनिबार नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा कचनकबल गाउँपालिका-५ बागाडागीस्थित मेची खोलामा मंगलबार दिउँसो शव फेला परेको हो।
यसैगरी रूपन्देहीको मायादेवी गाउँपालिका-१ दुबिहवा बस्ने प्रताप गौणकी दुई वर्षीया छोरी सुरूची गौणको घरनजिकै रहेको कोहीलवा खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ। खोलामा डुबेर अशक्त भएका उनको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको हो।
सिरहाको अर्नामा गाउँपालिका-३ बस्ने गणेशकुमार दासको एक वर्षीय छोरा सुमित दासको घरनजिकै रहेको पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
" /> काठामाडौं। झापाको भद्रपुर नगरपालिका-३ नाउघाट बस्ने ३३ वर्षीय हिरण राईको मेची खोलामा डुबेर मृत्यु भएको छ।गत शनिबार नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा कचनकबल गाउँपालिका-५ बागाडागीस्थित मेची खोलामा मंगलबार दिउँसो शव फेला परेको हो।

">