काठमाडौं। मुलुकका विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासस्थित बाइसधारा युवा क्लबको छतमा पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुष मंगलबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी, तनहुँको बन्दिपुर गाउँपालिका-६ नाल्दिघाटस्थित बुद्धसिङ मार्गको छेउमा परिचय नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।
सिरहाको मिर्चैया नगरपालिका-९ बतहा खोला नजिक महेशपुर जाने बाटोमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
ईलामको चुलाचुली गाउँपालिका-६ कालापानी बस्ने २२ वर्षीय बसन्त राई पनि सोही ठाउँस्थित काली खोलामा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन्। घरबाट गत आइतबारदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। मुलुकका विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला परेका छन्।काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासस्थित बाइसधारा युवा क्लबको छतमा पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुष मंगलबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

">