चितवन। पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकाले विपन्न परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ।
नगरपालिकाको खरका छाना विस्थापित गर्ने योजनाअनुसार नगरपालिकाका प्रत्येक वडामा दुई-दुईवटा घर निर्माण गर्न सुरु गरिएको हो।
नगरपालिका प्रमुख प्रभा बरालका अनुसार हरेक वर्ष विपन्न परिवारमध्ये अति विपन्न छनोट गरी दुई परिवारको घर निर्माण गरिनेछ।
नगरपालिकाको तीन लाख सहयोग र स्थानीयवासीको श्रमदानमा दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिने उनले बताइन्।
नगरभित्र रहेका एकल महिला, वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
नगरपालिकामा १३ वटा वडा छन्। जसमध्ये १, २, ४, ५, ७, ८, ९, ११ र १२ वडामा पहिलो चरणका घरहरू हस्तान्तरण गरी सकिएको प्रमुख बरालले जानकारी दिइन्।
अन्य वडाहरूमा निर्माणको काम भइरहेको उनले बताइन्।
" /> चितवन। पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकाले विपन्न परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ।नगरपालिकाको खरका छाना विस्थापित गर्ने योजनाअनुसार नगरपालिकाका प्रत्येक वडामा दुई-दुईवटा घर निर्माण गर्न सुरु गरिएको हो।

">