सर्पको टोकाइबाट बालिकाको मृत्यु
<p style="text-align: justify;">बैतडी। पञ्चेश्वर गाउँपालिका-२ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले टोकेर मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">ती बालिकालाई हिजो साँझ घरको आगनमा सर्पले टोकेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। </p>
<p style="text-align: justify;">मृतक स्थानीय देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
