दार्चुला। दार्चुलाको व्यास क्षेत्रको कालापानीसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ।
विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएका छैनन्।
नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ। पहिलाको भन्दा झण्डै एक किलोमिटर तलसम्म भारतले छेकबार लगाएको छ।
कालापानीसम्म नेपालका सुरक्षाकर्मीले समेत जान पाएका छैनन्। व्यासको गागामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले काली मन्दिरसम्म जाने प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। महाकाली नदीको मुहान हेर्न गएका सुरक्षाकर्मीलाई भारतीय सुरक्षाकर्मीले रोकेका छन्।
स्थानीयवासी यो क्षेत्रमा अहिले जान सक्ने अवस्था छैन। चीनसँग पछिल्लो समय सीमा विवाद बढेपछि कालपानी क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बाक्लो उपस्थिति जनाएको छ।
विगतमा नेपालका सुरक्षाकर्मी र स्थानीय बासिन्दा कालापानी क्षेत्रको दक्षिणी किनारासम्म आवतजावत गर्ने गर्थे। कालापानीमा निर्माण गरिएको काली मन्दिर र महाकालीको नक्कली मुहानसम्म विगतमा छाङ्गरुका स्थानीयवासीसमेत जाने गरेका थिए।
यो क्षेत्रमा दैनिक सयौँ गाडीमा सुरक्षाकर्मी पुर्याइएको छ । व्यासमा खटिएका एक नेपाली सुरक्षाकर्मीका अनुसार भारतीय सुरक्षाकर्मीले महाकालीको मुहानसम्म जान रोक लगाएको छ। “बिना हतियार त्यहाँसम्म जान दिन आग्रह गर्यौँ” ती सुरक्षाकर्मीले भने, “तर उनीहरुले त्यो ठाउँसम्म जान नपाइने भन्दै रोके।”
नेपालका सुरक्षाकर्मी कौवा क्षेत्रमा जानेबित्तिकै भारतपट्टिबाट सुरक्षाकर्मीले रेकी गर्छन् । गस्ती गरेकोबारे उनीहरूले माथिल्लो क्षेत्रमा मोटरसाइकलमा परिचालन भएर खबर गर्ने गरेका छन् ।
आफ्नै भूमि भएर जान पनि स्थानीयवासीमा अहिले त्रास छ । कालापानी क्षेत्रमा पुगेका दीपक खातीले भारतीय सुरक्षाकर्मीले नेपाली जनता र सुरक्षाकर्मीलाई यो क्षेत्रमा आवतजावत गर्न नदिनु दुःखद् भएको बताए।
छाङ्गरुका स्थानीयवासीका अनुसार काठमाडौंमा राष्ट्रियताको नारा लाग्दा यो क्षेत्रका नागरिकले बढी समस्या झेल्छन्। स्थानीय पुष्कर बोहरा भन्छन्, “जति काठमाडौंमा राष्ट्रियताको नारा लगाउँदै कालापानी हाम्रो भूमि हो भन्दै जान्छौँ त्यति भारतीय सुरक्षाकर्मीले यो क्षेत्रमा मजबुत उपस्थित जनाउँदै नेपालीलाई हिँड्डुल गर्नमा समस्या गर्छ।”

भारतीय सुरक्षाकर्मीले माथिल्लो कौवासम्म आफ्नो नियन्त्रणमा राख्न थालेपछि स्थानीयवासीले नेपालको सशस्त्र प्रहरीलाई कौवा क्षेत्रमा राख्न पटक-पटक माग गर्दै आएका छन्।
“सशस्त्र प्रहरी गागाभन्दा पनि कौवा क्षेत्रमा उपयुक्त हुन्छ भनेर पटक–पटक आग्रह गर्दै आएका छौँ”, व्यास गाउँपालिका-१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, “तर सशस्त्र प्रहरी गागामै बस्यो। सशस्त्र प्रहरीका लागि कौवा क्षेत्र उपयुक्त हुन्छ। भारतको गुञ्जीमा तीनवटै सुरक्षा निकायको उपस्थिति छ। तर हाम्रो भने झण्डै १० किलोमिटर तल गागामा बसेर हुँदैन।” रासस
" /> दार्चुला। दार्चुलाको व्यास क्षेत्रको कालापानीसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ।विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएका छैनन्।

">