सुर्खेत। बराहताल गाउँपालिका-२ सुर्खेत रानीघाटमा दुई करोड ८२ लाखको लागतमा प्रहरी चौकी निर्माण भएको छ।
युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको हो। कात्तिक २०७५ बाट निर्माण कार्य शुरु भई हालै सम्पन्न नवनिर्मित प्रहरी चौकीको उद्घाटन गरिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले नवनिर्मित प्रहरी भवनलाई आफ्नै सम्पत्तिका रूपमा जगेर्ना गर्न गाउँपालिका र नागरिक समाजलाई अनुरोध गरे।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले प्रहरी चौकी निर्माणले यहाँका नागरिकहरुको शान्ति सुरक्षामा टेवा पुग्ने विश्वास जनाए। रासस
" /> सुर्खेत। बराहताल गाउँपालिका-२ सुर्खेत रानीघाटमा दुई करोड ८२ लाखको लागतमा प्रहरी चौकी निर्माण भएको छ।युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको हो। कात्तिक २०७५ बाट निर्माण कार्य शुरु भई हालै सम्पन्न नवनिर्मित प्रहरी चौकीको उद्घाटन गरिएको छ।

">