सप्तरी। चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन्।
वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।
खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीनजनाको घर खाँडोखोलाले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए।
महदेवा-१ स्थित खाँडोखोलाको किनारमा घर भएका भुवन राम, रामचन्द्र राम र पवन रामको घर भत्किएको हो। घर भत्किएपछि भुवनको १० जनाको परिवार, रामचन्द्रको सातजनाको परिवार र पवनको पाँचजनाको परिवार विस्थापित भएका छन्।
यसैगरी डाक्नेश्वरी नगरपालिकामा पनि एक घर भत्किएको छ। डाक्नेश्वरी-३ का ७५ वर्षीय महन्थी सदाको बाँसको टाटी बेरा भएको एककोठे घर भत्किएको सप्तरी प्रहरीले जनाएको छ।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीस्थित खाँडोखोलाको पानीले रामानन्द रायको मोटरसाइकल ग्यारेजमा पानी पस्दा मेसिनरी सामान, मोटर पार्ट्स गरी ५० हजार मूल्य बराबरको क्षति भएको छ। रासस
" /> सप्तरी। चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन्।वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

">